back
CTIZAN AD

तरकारी व्यवसायीद्धारा भरतपुर महानगरपालिका घेराउ

वि.सं.२०७४ साउन ६ शुक्रवार

876 

shares

६ साउन, काठमाडौँ । चितवन जिल्लास्थित भरतपुरका तरकारी व्यापारीले विहिबारदेखि भरतपुर महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले विहिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओमप्रकाश घिमिरेले भरतपुर, लायन्स चोकमा रहेको तरकारी बजारको सञ्चालन एकल ठेकेदारलाई दिने महानगरपालिकाको निर्णयविरुद्ध घेराउ गरेको बताउनुभयो ।

साना बजार पूर्वाधार आयोजनाले उक्त तरकारी बजारको निर्माण गरेको थियो । दैनिक फलफूल र तरकारी गरी रु चार करोड ५० लाख कारोबार हुने बिक्री केन्द्रलाई महानगरपालिकाले मासिक रु १२ लाख ५० हजारमा ठेकेदारलाई दिने निर्णय गरेको छ ।

हाल व्यापारीले महानगरपालिकालाई बिक्री कक्ष प्रयोग गरेबापत मासिक रु आठ लाख ५० हजार बुझाउने गर्छन् । यही साउन ८ गते महानगरपालिकाले ठेकदारसंँग गर्न लागेको सम्झौताविरुद्ध लागेका तरकारी व्यापारीले २०५० सालदेखि सो स्थानमा तरकारी तथा फलपूmलको कारोबार गर्दै आएका छन् ।

महानगरपालिकाको स्वामित्वमा रहेको सात रोपनी जमिनमा बिक्री कक्ष निर्माण गरी सुरु भएको बजारमा अहिले तीन सय व्यवसायी कार्यरत छन् । अहिले महानगरपालिकाको ५७ र निजी क्षेत्रको १०० बिक्री कक्षमार्फत चितवन सहित १६ जिल्लाका फलपूmल र तरकारीको मागलाई बजारले पूरा गर्दै आएको छ ।

महानगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली २०५६ र स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ अनुसार बोलपत्र आह्वान गरी तरकारी बजार ठेकेदारलाई दिने निर्णय गरेको थियो ।

वि.सं.२०७४ साउन ६ शुक्रवार ०३:०९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...