back
CTIZAN AD

राष्ट्रिय जनमोर्चा रौतहट (माओवादी केन्द्र)मा विलय

वि.सं.२०७४ साउन ७ शनिवार

792 

shares

peris-dada७ साउन, काठमाडौँ। राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति नेकपा (माओवादी केन्द्र)मा विलय भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्षसहित सम्पूर्ण समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

कार्यक्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लखिन्द्र साह, केन्द्रीय सदस्य जगमन्न राम, जिल्ला सचिव लक्ष्मणकुमार राम, जिल्ला सदस्य वीरेन्द्रकुमार शाह, रामबाबु साह, इदयन अन्सारीलगायत सम्पूर्ण जिल्ला समिति नै माओवादीमा प्रवेश गरेको हो ।

पार्टीमा प्रवेश गर्ने जनमोर्चाका नेतालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले सम्पूर्ण क्रान्तिकारी र जनपक्षीय शक्तिकाबीचमा एकताको अपरिहार्यता रहेको बताउँदै जनमोर्चाको जिल्ला समिति नै समाहित भएको यो सन्देश रौतहटका लागि मात्रै नभई मुलुककै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।

फरक÷फरक पार्टीमा बसेर नभई एकीकृत रुपमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन यस्ता एकताले बल पुग्ने बताउँदै यसले क्रान्तिकारीबीच थप संगठित हुन प्रेरितसमेत गर्ने छ भन्नुभयो ।

वि.सं.२०७४ साउन ७ शनिवार ११:५५ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...