back
CTIZAN AD

एनआरएनए सललाहको महाधिबेशन सम्पन्न, अध्यक्षमा पुन : टिका

वि.सं.२०७४ साउन १२ बिहीवार

795 

shares

oman5राजु कुमार श्रीवास्तव, सललाह । गैरआवासीय नेपाली संघ ओमानको क्षेत्रिय समन्वय परिषद् सललालहको महाधिबेशन सम्पन्न भएको छ ।
जुलाई १४ का दिन सिल्भर डायमण्ड होटेल सललाहमा सम्पन्न चौंथो महाधिवेशनले पुन : टिका दाहालको अध्यक्षतामा नयाँ कार्यसमितको चयन गरेको छ । जसको उपाध्यक्षद्धयमा दिपक तामाङ, दिपक सिंजाली, प्रवक्ता महेन्द्र सडौला, सचिव कृष्ण विके, उपसचिव मनोज घिमीरे, कोषाध्यक्ष सुक बहादुर थामी, सहकोषाध्यक्ष गिता थापा र सदस्यहरूमा शंकर रिजाल, पदम पाण्डे, बिरेन्द्र मण्डल, सागर अधिकारी, कमल देवकोटा, कमला तामाङ्ग, लक्ष्मी रसाइली, कुमारी राई, सरिता बिक रहेका छन् ।
त्यस्तै परिषद्को सल्लाहकारमा चन्द्र कुमार सुनुवारलाई चयन गरिएको छ ।

oman1

परिषद्का अध्यक्ष टिका दाहालको सभापतित्व एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठको प्रमुख आतिथ्यता, संघका सचिव महेन्द्र सडौलाको स्वागत तथा दिपक तामाङको संचालनमा सम्पन्न भएको उक्त महाधिबेशनमा कोषाध्यक्ष सुक बहादुर थामीले २०१५ देखि २०१७ सम्मको आयव्यय प्रस्तुत गरेका थिए ।

oman3

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले एनआरएनएको गतिविधि, हजारे अभियान र गैरआवासिय सामाजिक कल्ब दर्ता भएको समबन्धमा प्रकाश पारेका थिए ।
विविध सांस्कृतिक कार्यक्रम समेत रहेको उक्त कार्यक्रमलाई ग्लोबल मनि एक्सचेन्ज (बुम रेमिट) ले प्रायोजक गरेको थियो । ग्लोबल मनि एक्सचेन्जका मैनेजर मुथैया र ओमानका लागि बुम रेमिटका प्रतिनिधि अनुकुल प्रकाश ले गजल प्रस्तुत गर्दै क्रमशः एक्सचेन्ज र बुम रेमिटको बारेमा प्रकाश पारेका थिए ।

oman4
महाधिवेशनको बज्जिका पत्रकार संघ ओमानले प्रत्यक्ष प्रसारण गरेको थियो । यस अवसरमा एनआरएन आरसिसिको कोअर्डिनेटर रबि लामिछाने, बुद्धभिजन ओमानका ओमकार तामाङ्ग, एनआरएनए कला साहित्य संयोजक, नेपाल मगर सँघका सचिब र अन्तर्राष्ट्रिय नेपाली साहित्य समिति ओमानको महासचिव सुशील पुन बिरही, तामाङ समाज ओमनका अनिता तामाङ्ग , बज्जिका पत्रकार संघ ओमानका अध्यक्ष राजु कुमार श्रीवास्तवले नयाँ कार्यसमितिलाई बधाइ तथा सुभकामना दिएका थिए ।

oman2
कार्यक्रमको अवसरमा करिब १ सय भन्दा बढि ओमानवासि नेपाली सहित सलालाहवासि नेपालीहरूको उत्साहजनक सहभगिता रहेको एनआरएनए क्षेत्रिय समन्वय परिषद सलालाहका नव निर्वाचित अध्यक्ष टीका दाहालले जानकारी दिए ।

नवगठित पदाधिकारीहरूलाई प्रमुख अतिथि दिपक श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

वि.सं.२०७४ साउन १२ बिहीवार ०५:४७ मा प्रकाशित