back
CTIZAN AD

त्रिशुलीमा तीन हजार ५०० मतदाता थप

वि.सं.२०७४ साउन १४ शनिवार

801 

shares

१४ साउन, त्रिशूली, (नुवाकोट) । निर्वाचन आयोगले तस्बिरसहितको मतदाता नामावलीका लागि पुनः आह्वान गरेपछि यहाँ तीन हजार ५०० भन्दा बढी मतदाता थपिएका छन् ।

यही साउन १ गतेदेखि बिहीबारसम्म तीन हजार ५७७ जनाले तस्बिर खिँचाएका छन्, जसमा एक हजार ६०१ महिला र एक हजार ९७६ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सदरमुकाम विदुरस्थित जिल्ला निर्वाचन कार्यालयमा मात्र तस्बिर खिँचाउन पाइने व्यवस्था गरिएको छ । जिल्लामा मतदाता नामावलीमा नाम समावेश गराउन योग्य भएका, छुटेका र सच्याउन पर्नेको घुइँचो लागेको छ ।
जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीका अनुसार जिल्लामा १० हजार मतदाता थपिने अपेक्षा गरिएको छ । गत स्थानीय तहको निर्वाचनमा यहाँ एक लाख ८५ हजार ७८२ मतदाता थिए ।

वि.सं.२०७४ साउन १४ शनिवार ०२:४९ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...