१६, साउन, काठमाडौँ । प्रि सिजनको खेलमा आराम पाएका रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो यसै हप्ताको अन्त्य तिर रियलको प्रशिक्षणमा सहभागी हुने भएका छन । रियलका प्रशिक्षक जिनेदिन जिदानको अनुसार र रोनाल्डो रियलको प्रशिक्षण क्याम्पमा फर्कने भएका हुन् ।
नया सिजनको सुरुवातमा रियलले स्पेनिश सुपर कप तथा युएफा सुपर कपमा क्रमश वार्सिलोना तथा म्यान्चेष्टर युनाईटेडको सामना गर्दै छ । प्रि सिजनको खेलमा यी दुवै क्लब सँग रियलले पराजय भोगेको थियो । प्रि सिजनमा रोनाल्डोको उपस्थितीमा कमजोर देखिएको म्याड्रिडले रोनाल्डोलाई फ्रेस राख्नको लागि रियलले उनलाई आराम दिएको थियो । सिजनको सुरुवातमा हुने महत्वपुर्ण दुई उपाधि जित्ने आशाको साथ रियलले मैदानमा उत्रिदै छ । जुन खेलमा रोनाल्डोको भुमिका निकै महत्वपुर्ण हुने छ ।
वि.सं.२०७४ साउन १६ सोमवार ०५:१६ मा प्रकाशित

























