back
CTIZAN AD

सुधार गृहमै बस्नेतको मृत्यु

वि.सं.२०७४ साउन १६ सोमवार

864 

shares

१५ असार , काँकडभिट्टा (झापा)। झापा मेचीनगरपालिका–६ स्थित सुधार केन्द्रमा एक व्यक्तिको शंकास्पद मृत्यु भएपछि आज दिनभर काँकडभिट्टा तनावग्रस्त बनेको छ ।

स्वतन्त्र प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रमा रहेका मेचीनगर–७ का अर्जुन बस्नेतको मृत्यु भएपछि काँकडभिट्टा तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । लागुऔषधको दुव्र्यसनमा रहेको भनी परिवारले बुधबार मात्र बस्नेतलाई सुधार गृहमा पु¥याएका थिए । तर बस्नेतले शुक्रबार राति झुण्डिएर आत्महत्या गर्न लागेको देखेपछि प्रतिष्ठानले उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ ।

मृतकको परिवारले बस्नेतको शरीरमा निलडाम देखिएको र टाउकाको कपालसमेत चारपाटा मुण्डन गरेको हुँदा आत्महत्या नभई प्रतिष्ठानमा हत्या नै भएको दाबी गरेको छ । बस्नेतको हत्या भएको भन्दै स्थानीयले सुधार गृहमा आज घेरा हालेर नाराबाजी गरेपछि प्रहरीलाई समेत नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।

शव परीक्षणका लागि बिपी मेमोरियल अस्पताल धरान लगिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सुधार गृहका अध्यक्ष राजु बुढाथोकी, थेरापिष्ट मनिष क्षेत्री तथा भोला राईलाई नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७४ साउन १६ सोमवार ०४:२८ मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...