back

मनाङ्गीहरुको महत्वपूर्ण पर्व यर्तुङको रौनक सकियो

वि.सं.२०७४ साउन १६ सोमवार

165 

shares
NTC AD
Global IME AD

yartung

१६ साउन, मनाङ । मनाङमा यर्तुङ अर्थात् घोडा दौड आजबाट सकिएकोे छ । पाँच दिनसम्म चलेको यो पर्व गत बिहीबारबाट शुरु भएको थियो । यो पर्वको पहिलो दिन गाउँलेहरु एक ठाउँमा भेला भई गाउँ नजिकको पोचो गुम्बामा गहिथिमे बालेर यर्तुङ शुरु गरेका थिए । यसरी तीन दिनसम्म यो क्रम निरन्तर जारी रह्यो ।

यर्तुङको चौथो दिन यो पर्वका सबै भन्दा महत्वपुर्ण दिन हो । यस दिन यहाँका युवाले आफूलाई मन परेका युवतीलाई आफ्नो घोडामा राखेर गुम्बा घुमाउने गर्दछन् । गाउँका महिला भने घोडा चढेर आउनेलाई स्वागत गर्न गुम्बामा खादा र सगुन लिएर बस्ने प्रचलन रहेको छ । यसरी खादा र सगुन लिई सकेपछि गुम्बामा बत्ती बालेर युवायुवतीले नाचगान गरी मनोरञ्जन प्रदान गर्ने गर्दछन् । यो रातभरि नै गुम्बामा नाचगान चलिरहन्छ । यसरी गुम्बामा नाचगान गर्नाले मित्रता कायम गरी गाउँमा अनिष्ट हुनबाट बचाउने धार्मिक मान्यता रहिआएको छ ।

यर्तुङको अन्तिम दिन बिहानैदेखि गुम्बामा पूजापाठ शुरु हुन्छ । लगभग दिनैभरि पूजापाठ गरेपछि घोडा दौड प्रतियोगिता गरी सबैभन्दा छिटो दौडने घोडालाई वर्षको मूल्यवान् घोडा मान्ने चलन थियो । तर यो प्रचलन अहिले छैन । सबै घोडा दौडाउनेहरुलाई खादा लगाई नाचगान गरी यर्तुङको समापन गरियो । रासस

वि.सं.२०७४ साउन १६ सोमवार ०८:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...