back
CTIZAN AD

मनाङ्गीहरुको महत्वपूर्ण पर्व यर्तुङको रौनक सकियो

वि.सं.२०७४ साउन १६ सोमवार

768 

shares

yartung

१६ साउन, मनाङ । मनाङमा यर्तुङ अर्थात् घोडा दौड आजबाट सकिएकोे छ । पाँच दिनसम्म चलेको यो पर्व गत बिहीबारबाट शुरु भएको थियो । यो पर्वको पहिलो दिन गाउँलेहरु एक ठाउँमा भेला भई गाउँ नजिकको पोचो गुम्बामा गहिथिमे बालेर यर्तुङ शुरु गरेका थिए । यसरी तीन दिनसम्म यो क्रम निरन्तर जारी रह्यो ।

यर्तुङको चौथो दिन यो पर्वका सबै भन्दा महत्वपुर्ण दिन हो । यस दिन यहाँका युवाले आफूलाई मन परेका युवतीलाई आफ्नो घोडामा राखेर गुम्बा घुमाउने गर्दछन् । गाउँका महिला भने घोडा चढेर आउनेलाई स्वागत गर्न गुम्बामा खादा र सगुन लिएर बस्ने प्रचलन रहेको छ । यसरी खादा र सगुन लिई सकेपछि गुम्बामा बत्ती बालेर युवायुवतीले नाचगान गरी मनोरञ्जन प्रदान गर्ने गर्दछन् । यो रातभरि नै गुम्बामा नाचगान चलिरहन्छ । यसरी गुम्बामा नाचगान गर्नाले मित्रता कायम गरी गाउँमा अनिष्ट हुनबाट बचाउने धार्मिक मान्यता रहिआएको छ ।

यर्तुङको अन्तिम दिन बिहानैदेखि गुम्बामा पूजापाठ शुरु हुन्छ । लगभग दिनैभरि पूजापाठ गरेपछि घोडा दौड प्रतियोगिता गरी सबैभन्दा छिटो दौडने घोडालाई वर्षको मूल्यवान् घोडा मान्ने चलन थियो । तर यो प्रचलन अहिले छैन । सबै घोडा दौडाउनेहरुलाई खादा लगाई नाचगान गरी यर्तुङको समापन गरियो । रासस

वि.सं.२०७४ साउन १६ सोमवार ०८:५८ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...