back
CTIZAN AD

बाँदरबाट मकै जोगाउन मुस्किल

वि.सं.२०७४ साउन १७ मंगलवार

714 

shares

baadar

१७ साउन, पाल्पा । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ ।

किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । पहाडी जिल्ला पाल्पाको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बाँदरबाट जोगाउन धौधौ भएको हो ।

वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले अन्नबाली जोगाउन मुस्किल भएको स्थानीय बासिन्दाको दुखेसो छ । कुकुर पाल्न छाडेपछि बाँदर घरघरमा आउने र एक दुईजनालाई नटेर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

“मकैले घोगा हालेपछि बाँदर बारीभरि हुन्छ, त्यसबाट बचाउन बारीमा एकजना कुरुवा नै बस्नुपर्ने बाध्यता रहेको छ । हुलका हुल बाँदर बारीमा पसेपछि मकैबाली नोक्सान गर्छ, सबै गाउँले मिलेर धपाउने काम गर्छौं”, स्थानीय अमृत परियारले बताउनुभयो ।

मकै भाँचेर फालेर नष्ट गर्न थालेपछि किसान मर्कामा परेका छन् । रातमा बाँदरको समस्या नभए पनि बिहानदेखि अँध्यारो नहुँदासम्म अन्नबाली जोगाउन समस्या रहेको छ । बाँदरले केही मकै खाने र केही भाँचेर जथाभावी फालिदिने स्थानीय बासिन्दा शिव परियारले बताउनुभयो ।

किसानले बाँदरलाई तीन÷चार किमी टाढा धपाए पनि बाँदर फेरि गाउँमा आउने गुनासो किसानको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सबै वडामा बाँदरदेखि स्थानीय बासिन्दा त्रसित छन् । १०÷१२ वर्षदेखि बाँदरले गर्दा अन्नबाली जोगाउन समस्या रहेको भए पनि बाँदर धपाउन नसकिएको स्थानीय बासिन्दाको गुनासो छ ।

खेतबारीमा लगाएको आलु, बन्दा, काउलीलगायतका तरकारी खाने र बाँकि नष्ट गरिदिन थालेपछि यहाँका स्थानीय बासिन्दाले तरकारीखेती गर्न छाडेका छन् । बारीको मात्र होइन, सुलिमको मकैसमेत नष्ट गर्न थालेपछि किसान घरभित्र मकै राख्न बाध्य भएका छन् ।

बाँदर बढे पनि राज्यस्तरबाट किसानको समस्या समाधानका लागि कुनै पनि पहल नभएकामा किसानको दुखेसो छ । वन संरक्षणले हरियाली बढ्योे तर बाँदरको समस्या भने झनै बढेकाले किसान मर्कामा परेका छन् । बाँदरले अन्नबाली नष्ट गर्नुका साथै महिला तथा बालबालिकामाथि आक्रमणसमेत गर्दछ । रासस

वि.सं.२०७४ साउन १७ मंगलवार ०६:५८ मा प्रकाशित

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले...

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार...

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले...

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण...

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

रसुवा । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा...

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ...