back
CTIZAN AD

नयाँ शक्ति पार्टी निकटका विद्यार्थी युनियनको सम्मेलन भदौमा हुने

वि.सं.२०७४ साउन १८ बुधवार

936 

shares

१८ साउन, काठमाडौँ । नयाँ शक्ति पार्टी निकट ‘नयाँ शक्ति विद्यार्थी युनियन’को प्रथम राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।

आइतबार र सोमबार युनियनको काठमाडौँमा भएको सचिवालय बैठकले आगामी भदौ २३ देखि २५ सम्म सम्मेलन गर्ने निर्णय गरेको सोमबार पत्रकारसम्मेलन गरी युनियनका राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक रमेशकुमार महतोले जानकारी गराए ।

सम्मेलनले शिक्षाका विकृतिविरुद्ध आवाज उठाउने संयोजक महतोले बताए । “हाम्रो सम्मेलनले त्रिभुवन विश्वविद्यालय शैक्षिक सुधार गर्न र प्रभावकारी शैक्षिक मुद्दा उठाउने सवालमा केन्द्रित हुन्छ”, उनले भने, “विश्वविद्यालयमा हुने दलीय भागबन्डालाई पनि अन्त्य गर्ने हाम्रो अभियान हुनेछ ।”

उनले सम्मेलनले दुई खालका शिक्षा नीतिलाई एउटै बनाउने अभियानसमेत सञ्चालन गर्ने दाबी गर्नुभयो ।

करिब ८०० प्रतिनिधिको सहभागिता रहने सम्मेलनबाट ९९ सदस्यीय नयाँ कार्यसमिति गठन गर्ने संयोजक महतोले बताउनुभयो । उहाँले विधानमा छलफल गरेर पदाधिकारीको सङ्ख्याबारे टुङ्गो लगाउने जानकारी गराउनुभयो । अहिले १२ हजार सदस्यता रहेको युनियनमा सम्मेलनसम्म २० हजार पु¥याउने लक्ष्य लिइएको छ ।

वि.सं.२०७४ साउन १८ बुधवार ०३:४९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...