back
CTIZAN AD

जनकपुर–जलेश्वर सडकखण्डमा सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०७४ साउन १८ बुधवार

876 

shares

१८ साउन, काठमाडौँ । सर्वोच्च अदालतले जनकपुर–जलेश्वर सडकखण्ड तोकिएको मितिमै निर्माण सम्पन्न गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले मंगलबार तोकिएको समयमै गुणस्तरयुक्त सडक निर्माण गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

आदेशमा तोकिएको समयमै सडक निर्माण कार्य सम्पन्न गर्न तथा एक वर्ष बितिसक्दा पनि उक्त सडक निर्माण हुन नसक्नुको कारण देखाउनसमेत भनिएको छ ।
निर्माणमा रहेको चार लेनको सडकखण्डमा तत्काल एक लेन ग्राभेल सम्पन गर्नसमेत आदेशमा भनिएको छ ।

जनकपुर जलेश्वर सडकखण्ड तत्काल निर्माण सम्पन्न गर्न माग गर्दै अधिवक्ता दीपेन्द्र झाले यही साउन ८ गते रिट निवेदन दायर गर्नुभएको थियो । निवेदनमा समयमा सडक निर्माण हुन नसक्दा हिलाम्मे र खाल्डाखुल्डी भएको सडकका कारण दुर्घटना बढेकाले गम्भीर मानवअधिकार उल्लङ्घनको रक्षा गर्न माग गरिएको थियो ।

वि.सं.२०७४ साउन १८ बुधवार ०३:५७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...