back

जनकपुर–जलेश्वर सडकखण्डमा सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०७४ साउन १८ बुधवार

534 

shares
IME Limited
NTC AD

१८ साउन, काठमाडौँ । सर्वोच्च अदालतले जनकपुर–जलेश्वर सडकखण्ड तोकिएको मितिमै निर्माण सम्पन्न गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले मंगलबार तोकिएको समयमै गुणस्तरयुक्त सडक निर्माण गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

आदेशमा तोकिएको समयमै सडक निर्माण कार्य सम्पन्न गर्न तथा एक वर्ष बितिसक्दा पनि उक्त सडक निर्माण हुन नसक्नुको कारण देखाउनसमेत भनिएको छ ।
निर्माणमा रहेको चार लेनको सडकखण्डमा तत्काल एक लेन ग्राभेल सम्पन गर्नसमेत आदेशमा भनिएको छ ।

जनकपुर जलेश्वर सडकखण्ड तत्काल निर्माण सम्पन्न गर्न माग गर्दै अधिवक्ता दीपेन्द्र झाले यही साउन ८ गते रिट निवेदन दायर गर्नुभएको थियो । निवेदनमा समयमा सडक निर्माण हुन नसक्दा हिलाम्मे र खाल्डाखुल्डी भएको सडकका कारण दुर्घटना बढेकाले गम्भीर मानवअधिकार उल्लङ्घनको रक्षा गर्न माग गरिएको थियो ।

वि.सं.२०७४ साउन १८ बुधवार ०३:५७ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...