back
CTIZAN AD

वर्षाका कारण सय परिवार विस्थापित, एक बेपत्ता

वि.सं.२०७४ साउन २१ शनिवार

837 

shares

२१ साउन, धनगढी । अविरल वर्षासँगै कैलालीको कान्द्रा नदीमा आएको बाढीमा बगेर शुक्रबार भजनी नगरपालिकाका प्रह्लाद चौधरी बेपत्ता भएका छन् ।

घरमा पालेको हाँस नदीमा बगेपछि बचाउन जाँदा चौधरी नदीमा डुबेर बेपत्ता भएको प्रजिअ गोविन्द रिजालले बताउनुभयो । प्रहरीले बेपत्ता चौधरीको खोजी गरिरहेको छ ।

वर्षाका कारण कैलालीका नदी तथा खोलामा बढेको पानी गाउँ पसेपछि घोडाघोडी, टीकापुर, भजनी, कैलारी र जानकी क्षेत्र जलमग्न भई एक सय घर परिवार विस्थापित छन् । प्रजिअ रिजालले घरमा पानी पसेर ती परिवार विस्थापित भएको बताउनुभयो । विस्थापितलाई नजिकको विद्यालयमा राखिएको छ ।

नेपाल रेडक्रस सोसाइटीले विस्थापितका लागि चाउचाउ, बिस्कुटलगायत खानेकुराको व्यवस्था मिलाएको छ । वर्षाले डुबानमा परेर बिचल्लीमा परेका टीकापुर नगरपालिका, पथरैया क्षेत्रका १३० जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेका छन् ।

यस्तै कैलारीका कटैनी र भुइयाफाटामा डुबानमा परी अलपत्र परेका २५ जनाको उद्धार गरिएको छ । वर्षापछि भएको डुबानबाट दुई सय घरपरिवार आंशिक रुपमा प्रभावित भएका छन् । अविरल वर्षासँगै कान्द्रा, पथरैया, मोहना नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना गरिएको छ ।

वि.सं.२०७४ साउन २१ शनिवार ०३:१३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...