back
CTIZAN AD

अग्ला पुलमा आन्तरिक पर्यटकको घुइँचो

वि.सं.२०७४ साउन २१ शनिवार

732 

shares

२१ साउन, फलेवास,पर्वत। सात साथीको समूह बनाएर अग्ला पुल घुम्न राजधानीबाट आएका विकास महर्जनले गत शनिबार यतै बिताए ।

कास्कीका सनम रेग्मी पनि स्थानीय क्याम्पसका केही साथीका साथमा कुश्माका अग्ला पुल र बागलुङसम्मको दुईदिने घुमघाममा शनिबार यहाँ आएका थिए । उनीहरू पर्वतका अग्ला पुल घुम्न आएका हुन् । अधिकांश विद्यालय र क्याम्पसमा भएको बर्खे बिदाको उपयोग गरेर यहाँ घुम्न आउनेको दैनिकजसो भीड देख्न सकिन्छ । असारसँगै आवको पनि समाप्ति भएपछि फुर्सदिला कर्मचारी, सामाजिक संघसंस्था, वित्तीय संस्थालगायतका कर्मचारी र सञ्चालकका लागि पनि पर्वतका अग्ला पुल पहिलो गन्तव्य बनेका छन् ।

“धेरै साथीबाट अग्ला पुलबारे सुने पनि हेर्न आउन भ्याएको थिइन”, राजधानीका महर्जनले भन्नुभयो, “रमाइलो लागेको छ ।” मनसुनी वर्षा पनि रोकिएकाले विभिन्न जिल्लाका युवा क्लब, आमा समूह, सहकारी, सामाजिक संस्थालगायतमा आबद्ध व्यक्ति बस नै लिएर यहाँ घुम्न आउन थालेका छन् ।

एशियाकै अग्ला दाबी गरिएका कुश्मा–ज्ञाँदी, कुश्मा–बलेवा र कुश्मा–मुडिकुवा झोलुंगे पुल, कुश्मा–बलेवा केबलकार, कुश्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा लर मोदीवेणीधामको दर्शन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । होटल व्यवसायी विषकुमार श्रेष्ठका अनुसार मध्यअसारमा समेत यस वर्ष पर्यटक आगमन घटेन । “हिजोआज नेपालीले पनि राम्रै खर्च गर्छन्”, श्रेष्ठले भन्नुभयो, “विदेशीलाई मात्रै पर्यटक मान्ने सोच अब परिवर्तन गर्नुपर्छ ।” उहाँको होटलमा दैनिक २० देखि ५० जनासम्म आन्तरिक पर्यटक बास बस्ने गरेका छन् ।

पर्यटन व्यवसायी नेत्र पराजुलीले कुश्मामा पर्यटनको सम्भावना बढेको बताउनुभयो । “अग्ला पुलको मात्रै प्रचारले पनि आन्तरिक पर्यटकको संख्या बढेको छ”, पराजुलीले भन्नुभयो । कुश्मा आसपासका पर्यटकीय क्षेत्रको प्रचार हुन सके आन्तरिक पर्यटकको संख्या अहिलेको भन्दा दोब्बर हुने उहाँको जिकिर छ । मुक्तिनाथ जाने र पोखरा आउने पर्यटक सीधै फर्किने गरेकामा अग्ला पुलको प्रचारकै कारण यहाँ घुम्न आउने गरेको पर्यटन व्यवसायीले बताउनुभएको छ ।

स्थानीय तह पुनःसंरचनापछि कुश्मा र आसपासका बजारकेन्द्रित व्यवसाय खस्किने बहस चलिरहेका बेला व्यवसायीहरु हल्लामा केन्द्रित बहसको पछि लाग्न नहुने तर्क गर्छन् । राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट कालीगण्डकी करिडोर, मोदीमा निर्माणाधीन जलविद्युत् र कालीगण्डकीको महत्वबारे प्रचार गर्न सके अर्बौंको पर्यटन कार्यक्रम बिक्री गर्न सकिने व्यवसायीको अनुमान छ ।

कुश्मालाई दुई किनारबाट छुट्याएका मोदी र कालीगण्डकी किनारका प्राकृतिक संरचनामा चट्टानारोहण, प्याराग्लाइडिङ, पौडी, जलयात्रा र बञ्जीजम्पका लागि आउने पर्यटकबाट मात्रै वर्षेनी करोडौँ डलर भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ । यहाँ मुलुककै अग्लो बञ्जीजम्पको निर्माणसमेत अन्तिम चरणमा पुगेको छ ।

महाशिलामा पन्ध्र किलोको घण्ट
महाशिला गाउँपालिकास्थित लुंखुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिलामा पहिलो पटक घण्ट स्थापना गरिएको छ ।

सक्रिय साहित्यकार तथा महाशिला गाउँपालिकाका लेखापाल टुकनाथ रेग्मी बेलुरामको एकल लगानीमा १५ किलोग्राम तौलको घण्टा राखिएको हो । पर्यटकीय दृष्टिले उत्तिकै महत्वपूर्ण मानिएको महाशिला दुर्गम गाउँमा भएका कारण उचित प्रचारप्रसार हुन नसकेका बेला बेलुरामको पहलमा पहिलो पटक घण्टा स्थापना भएपछि यहाँ आउने भक्तजन तथा पर्यटकलाई सहज भएको छ ।

विकट गाउँमा रहेको एशियाकै ठूलो भनिएको महाशिलाको प्रवद्र्धन गर्ने उद्देश्यले आफूले व्यक्तिगत लगानीमा घण्टा स्थापना गरेको बेलुरामले बताउनुभयो । एक दशक पहिलेसम्म महाशिलाको उचित संरक्षणका साथै हरेक चाडपर्वमा मेला लाग्ने गरे पनि पछिल्लो समयमा बूढापाकाको मृत्यु हुँदै जानु र युवा पलायन हुनुले महाशिलाको प्रचारप्रसार हुन सकेको थिएन । सदरमुकाम कुश्माबजारबाट करिब ४० किमीको दूरीमा पर्ने लुंखुदेउरालीमा रहेको ठूलो महाशिलालाई स्थानीयस्तरमा मेहलढुंगा भनिन्छ ।

विश्वकै ठूलो महाशिला भएकाले यसलाई अवलोकन गर्न जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । लुंखुदेउरालीमा मोटरबाटोको सुविधा पुगेपछि भने पोखराबाट सिधै पर्यटक आउने गरेका छन् । स्थानीयवासी भन्छन्, “महाशिला (ढुंगा) एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्छ । झण्डै दुई चार सय मिटर पैदल हिँडेर परिक्रमा गरेपछि गुफाको चारैतिर घुम्न सकिन्छ । भौगोलिक हिसाबले भिरालो स्थानमा रहेकाले एक पटक फन्को मार्नका लागि १० मिनेटभन्दा बढी समय लाग्छ । ”
महाशिलामा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्छ ।

वि.सं.२०७४ साउन २१ शनिवार ०४:०९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...