back
CTIZAN AD

एनआरएनए ओमानको अध्यक्षमा पुन : श्रेष्ठ

वि.सं.२०७४ साउन २२ आइतवार

705 

shares

nrnaoman2
गैरआवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद ओमानको चौंथो महाधिवेशन हिजो राजधानी मस्कट स्थित फुड हाउस वर्काको सभाहलमा भब्य रूपमा सम्पन्न भएको छ ।

एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठको सभापतित्वमा समपन्न भएको उक्त महाधिवेशन कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास मस्कट ओमान की राजदूत शर्मिला पराजुली रहेकी थिइन भने बिशिष्ट अतिथिको रुपमा गैरआवासिय नेपाली संघ मध्यपूर्व क्षेत्रीय संयोजक डिबि क्षेत्री रहेका थिए ।

सो अवसरमा साउदी अरवबाट एनआरएनए वैदेशिक रोजगार टास्क फोर्सका संयोजक धरम केसी, आईसीसी सदस्य रमेश भण्डारी, एनसीसी सदस्यहरु राजु सैयद र जोन अर्याल कतारबाट आरसिसी सदस्य आर के शर्मा, युएईबाट आईसीसी सदस्य गोपाल कंडेल, एनसिसी महासचिव दिपक खड्का, एनआरएनए सलालाहका अध्यक्ष टीका दहाल, नेपालबाट कान्तिपुर दैनिकका खाडी संयोजक पत्रकार होम कार्की लगायतको उपस्थिति रहेको थियो ।

महाधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदूत शर्मिला पराजुली ढकालले अहिले दूतावासले संचालन गरिरहेका गतिविधिको बारेमा जानकारी गराउंदै महाधिवेशन सफलताको शुभकामना दिएकी थिईन् ।

कार्यक्रममा बोल्दै अन्य आमन्त्रित अतिथिहरुले एनआरएनको परिचय, एनआरएनएले गर्ने गतिविधि आफुहरु रहेका देशमा एनआरएनएको अवस्था, आगामी सेप्टेम्बरमा हुन लागिरहेको संघको केन्द्रिय महाधिवेशन लगायतका बिषयमा प्रकाश पार्दै महाधिवेशन सफलताको कामना गरेका थिए ।

nrna-oman1
गैरआवासीय नेपाली सामाजिक क्लव ओमानको बिधान अनुसार जम्मा २३ जना केन्द्रिय समिती मध्ये २१ जना प्रत्यक्ष अधिवेशन र २ जना मनोनीतबाट आउने प्रावधान रहेको थियोे । सोहि बमोजिम गत जुलाई २९ तारिख सम्म उम्मेदवारी दर्ताको लागि निर्वाचन समितिले अन्तिम म्याद तोकेको थियो । तर, आवश्यक पद संख्या बाहेक थप उम्मेदवारी कुनै पदको लागी नपरेको कारण सर्वसहमतिमा नै नयाँ कार्यसमिति पहिले नै चयन भएको हुंदा बन्दसत्रको आवश्यकता निर्वाचन समितिलाई परेको थिएन ।

महाधिवेशनबाट आगामी कार्यकाल २०१७ र २०१९ को लागी पुनः दिपक श्रेष्ठ अध्यक्षमा निर्विरोध हुनुभएको छ । गठित समितिको उपाध्यक्षद्वय गुणाहरी अधिकारी र केशबलाल श्रेष्ठ, महासचिव पुर्ण बहादुर श्रेष्ठ, सचिबमा रबिन शिल्पकार,कोषाध्यक्ष सेवन्त फुर्जा मगर, सहकोषाध्यक्ष रबि लामिछाने, प्रवक्ता विकल झा, युवा संयोजक भरत अधिकारी, महिला विभाग संयोजक संगिता जाबेग्दो,कला तथा साहित्य बिभाग संयोजक सुशील पुन विरहि, खेलकुद विभाग संयोजक गोबिन्द श्रेष्ठ तथा सदस्यहरुमा सुरेश कुमार यादव, राम तामाङ, अजय कुमार यादब, गोपाल कुंवर, लक्ष्मी कोईराला, दिपक जि.सि दिपक पौडेल, बिन बहादुर बस्नेत, ललित वास्तोला, महेश चौधरी र सुजन श्रेष्ठ रहेका छन् ।

निर्वाचित सबै पदाधिकारीहरुलाई एनआरएनए आईसीसी सदस्य दिपक कंडेलले पद तथा गोपनियताको सपथ खुवाएका थिए । साथै नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा गर्ने भन्दै वैदेशिक रोजगारलाई ब्यवस्थित लगायत अन्य सामाजिक सेवाका कार्यलाई समेटिएको बाह्रबुँदे घोषणा पत्र पनि सार्वजनिक गरेको छ । महाधिवेशनमा करिब ३५० जना ओमानवासी नेपालीहरूको सहभागिता रहेको थियो । उक्त महाधिवेशन समारोहको संचालन शुसिल पुन विरही, राम तामाङ र किशोर अर्यालले गरेका थिए ।

कार्यक्रमको नेपाली अनलाइन मिडिया डिसी नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो ।

वि.सं.२०७४ साउन २२ आइतवार ०७:५३ मा प्रकाशित