back
CTIZAN AD

बालमैत्री अस्पतालको चमेनागृह सिलबन्दी

वि.सं.२०७४ साउन २७ शुक्रवार

693 

shares

२७ साउन, काठमाडौँ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महारागंजमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृहमा विहिबार सिलबन्दी गरेको छ ।

अनुगमनका क्रममा व्यवसाय दर्तासम्बन्धी कुनै पनि कागजपत्र नभएको, चमेनागृह अत्यन्तै फोहोर रहेको र म्याद नाघेको खाद्य पदार्थसमेत फेला परेको विभागले जनाएको छ । चमेनागृहबाट म्याद नाघेको एक लिटरको २० पोका तेल, आठ पोका चाउमिन र केही पेय पदार्थसमेत नष्ट गरी आवश्यक कागजपत्र लिई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

बैसठ्ठी किलो मासु नष्ट
अनुगमनका क्रममा ६२ किलो कुखुराको सडेको मासु नष्ट गरिएको छ । गौरीघाटमा रहेका न्यु काभ्रेली मिट सपबाट २४ किलो, काभ्रे सप्लायर्स एण्ड कोल्ड स्टोरबाट २१ किलो र दोस्ती कोल्ड स्टोरबाट १७ किलो सडेको कुखुराको मासु नष्ट गरिएको हो । तीन वटै पसललाई मूल्यसूची दैनिक अद्यावधिक गर्न, नापतौल प्रमाणीकरण गर्न, व्यवसाय र प्यान दर्ता तथा बधस्थलको व्यवस्थापन गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमन टोलीले डिल्लीबजारस्थित दिया एण्ड प्रिया फार्मेसी र विनय मेडिकल हल तथा मैतीदेवीस्थित एक्युरेन्सी मेडिकल हललाई २४ घण्टाभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

वि.सं.२०७४ साउन २७ शुक्रवार ०३:५९ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...