back
CTIZAN AD

तीन बालबालिकाको मृत्यु प्रकरण : अरुण गाउँपालिका कार्यालय तोडफोड

वि.सं.२०७४ साउन २९ आइतवार

708 

shares

२९ साउन, भोजपुर । तीन बालबालिका मृत्यु भएको घटनाको रहस्य पत्ता नलागेको भन्दै अरुण गाउँपालिका–३, प्याउलीका स्थानीयले कार्यालय तोडफोड गरेका छन् ।

बिहीबारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेका उनीहरूले अरुण गाउँपालिकाको कार्यालय खोलेको भन्दै शनिबार तोेडफोड तथा राष्ट्रिय झण्डासमेत जलाउने प्रयास गरेका हुन् । त्यस्तै, उनीहरूले भोजपुर–धरान मुख्य राजमार्गमा समेत चक्काजाम र रुखहरू ढालेर सडक अवरुद्ध गरेका छन् ।

उनीहरूले अरुण गाउँपालिकाभित्रका सबै कार्यालय, होटल, पसलसमेत ठप्प पारेका छन् । पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाहीलगायत माग राखी आन्दोलनमा उत्रिएको स्थानीय इन्द्र फुँयालले बताउनुभयो ।

यता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटनाको अनुसन्धान गरी फर्किसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित र चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा तथा आठ वर्षीय छोरा प्रदीप म¥याङडाँडाको पोखरीमा केही साता अघि मृत अवस्थामा भेटिएका थिए ।

वि.सं.२०७४ साउन २९ आइतवार ०३:५९ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...