Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

तीन बालबालिकाको मृत्यु प्रकरण : अरुण गाउँपालिका कार्यालय तोडफोड



२९ साउन, भोजपुर । तीन बालबालिका मृत्यु भएको घटनाको रहस्य पत्ता नलागेको भन्दै अरुण गाउँपालिका–३, प्याउलीका स्थानीयले कार्यालय तोडफोड गरेका छन् ।

बिहीबारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेका उनीहरूले अरुण गाउँपालिकाको कार्यालय खोलेको भन्दै शनिबार तोेडफोड तथा राष्ट्रिय झण्डासमेत जलाउने प्रयास गरेका हुन् । त्यस्तै, उनीहरूले भोजपुर–धरान मुख्य राजमार्गमा समेत चक्काजाम र रुखहरू ढालेर सडक अवरुद्ध गरेका छन् ।

उनीहरूले अरुण गाउँपालिकाभित्रका सबै कार्यालय, होटल, पसलसमेत ठप्प पारेका छन् । पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाहीलगायत माग राखी आन्दोलनमा उत्रिएको स्थानीय इन्द्र फुँयालले बताउनुभयो ।

यता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटनाको अनुसन्धान गरी फर्किसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित र चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा तथा आठ वर्षीय छोरा प्रदीप म¥याङडाँडाको पोखरीमा केही साता अघि मृत अवस्थामा भेटिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा