back
CTIZAN AD

दाउन्ने सडकखण्ड अझै अबरुद्घ

वि.सं.२०७४ साउन २९ आइतवार

732 

shares

 २९ साउन, नवलपरासी । शुक्रबार रातिदेखि अवरुद्ध पूर्व –पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।

दाउन्ने क्षेत्रमा शुक्रबार रातिदेखि लगाताररुपमा पहिरो खसेको र शनिबार दाउन्ने सडकखण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएपछि सडक अवरुद्ध छ ।

भासिएको सडकमा बाटो खोल्ने काम भइरहेको छ, वर्षाका कारण काम गर्न कठिनाइ छ । सोही क्षेत्रमा पहिरो खस्ने क्रम पनि निरन्तर जारी छ, नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।

सवारी आवतजावत पूर्णरुपमा बन्द भएको छ । स्थानीय प्रशासनले यात्रुलाई वैकल्पिक बाटो अपनाउन आग्रह गरिसकेको छ । सडक सञ्चालन हुने निश्चित छैन । सडकमा पहिरो पन्छाउने र नयाँ बाटो खोल्ने काम जारी छ, यद्यपि पहिरो आउने क्रम नरोकिँदा झन समस्या भएको प्रजिअ राना मगरले जानकारी दिनुभयो ।

सडक भासिनुका साथै विभिन्न स्थानमा पहिरो खसिरहँदा आज साँझसम्म यातायात सञ्चालन हुने सम्भावना अनिश्चित भएको छ । वर्षा रोकियो र पहिरो खस्ने क्रम रोकियो भने सडक सञ्चालन हुन सक्छ ।

दाउन्ने आसपासका कम्तीमा १० ठाउँमा सानासाना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ । अहिले डोजर र एक्साभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउँदै जाने तर खस्नेक्रम नरोकिएकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ साउन २९ आइतवार ०४:२० मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...