back
CTIZAN AD

नेपाली र अमेरिकी सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर

वि.सं.२०७४ साउन ३१ मंगलवार

792 

shares

३१ साउन,  गोरखा । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा आजदेखि पाँचदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।

‘गोरखा भूकम्प’बाट प्रभावित गोरखावासीलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले नेपाली सेना र अमेरिकी सेनाका विशेषज्ञ डाक्टर शिविरमा आइपुगेका हुन् । शिविरमा विभिन्न रोग हेर्ने नेपाली सेनाका ११ जना र अमेरिकी सेनाका ३१ जना डाक्टरले सेवाग्राहीको उपचार गर्दै आएका छन् ।

बालरोग, छाला तथा यौनरोग, दन्त, आँखा, सामान्य उपचारलगायतका सेवा शिविरमा रहेको गोरखास्थित रणसिंहदल गणका सेनानी मनोज खड्काले जानकारी दिनुभयो । आँखा, दाँत, रुघाखोकी, ज्वरोलगायतका रोगका बिरामी शिविरमा धेरै आएका छन् ।

सेनानी खड्काले भन्नुभयो, “बिरामीलाई निःशुल्क टिकटदेखि औषधि र उपचारसम्मको सेवा दिएका छौँ ।” शिविरमा डाक्टरबाहेक नेपाली सेनाका सुरक्षा टोली पनि परिचालन गरिएको छ । शिविरस्थल सरस्वती माविको मैदान स्तरोन्नति गर्नुका साथै भवन मर्मत, रङ्गरोगन, वायरिङलगायत कार्यहरु पनि गरिएको छ ।

यस्तै, संसारी मावि गाँखु, महेन्द्र मावि कुन्दुर, गोरखा अस्पताल, छेवेटार स्वास्थ्य चौकीमा पनि वायरिङ, भवन मर्मतलगायतका कार्य नेपाली सेना र अमेरिकी सेनाको संयुक्त टोलीले गरेको हो ।

नेपाली सेनाका प्रमुख सेनानी डा अनिलकुमार सिंह डंगोलका अनुसार विभिन्न रोगबाट पीडित बिरामीलाई स्वास्थ्य उपचार गरी निःशुल्क औषधिलगायत सहयोग गर्न शिविर आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन सोमबार २०० जनाभन्दा बढीले सेवा लिएका छन् । आँखाका बिरामीलाई उपचारपछि चस्मा, दाँतका बिरामीलाई ब्रस, मञ्जनलगायत रोगअनुसार आवश्यक पर्ने औषधि निःशुल्करुपमा उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ । शिविरमा प्रायः वृद्धवृद्धा स्वास्थ्य सेवा लिन आएका थिए ।

तीज मेलाको पैसा बाढीपीडितलाई

यसैबीच, गोरखा उद्योग वाणिज्य सङ्घ, महिला उद्यमी विकास समितिले गोरखा सदरमुकामको रानीपोखरी परिसरमा गरेको तीनदिने तेस्रो तीजमेलामा टिकटबाट संकलन भएको पैसा बाढीपीडितलाई उपलब्ध गराइने भएको छ ।

साउन २८ देखि ३० गतेसम्म चलेको तीज मेलामा २० वटा कक्ष रहेका थिए भने तीज गीत र नृत्य, नौकाविहार, माध्यमिक तहस्तरीय विद्यार्थीबीच नृत्य प्रतियोगिता रहेका थिए । महिलाले दर खाने कार्यक्रम पनि थियो ।

पहाडमा भूकम्प आउँदा तराईवासीले गरेको सहयोग सम्झेर त्यो गुन तिर्न बाढीपीडितलाई सहयोग गर्न लागिएको महिला उद्यमी विकास समितिकी अध्यक्ष विष्णु मास्केले जानकारी दिनुभयो । महिला उद्यमीले लियो क्लबसँग साझेदारी गरी टिकट बिक्री गरेको थियो ।
एउटा टिकटको मूल्य रु १० थियो ।

तीज मेलामा संकलन भएको रकममा थप गरी बाढीपीडितलाई राहत उपलब्ध गराउने तयारी लियो तथा लायन्सलगायत संस्थाको भनाइ छ । तीज मेलामा कति पैसा संकलन भएको छ भन्नेबारे एक÷दुई दिनभित्र थाहा हुने समितिले जनाएको छ ।

वि.सं.२०७४ साउन ३१ मंगलवार ०५:२२ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...