back
CTIZAN AD

बस दुर्घटना हुँदा बालिकाको मृत्यु

वि.सं.२०७४ साउन ३१ मंगलवार

915 

shares

३१ साउन, उर्लाबारी (मोरङ) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ६७५५ नंको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत दिशाबाट आउँदै गरेको को १ ख २७५२ नंको बुद्घ यातायातको बस पथरीशनिश्चरे–१० जिरीखिम्तीको डाँस खोलामा पल्टिँदा उर्लाबारी–१ बस्ने नरेन्द्र श्रेष्ठकी पाँच बर्षीया छोरी नदीना श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा तीनजना यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुको न्यूरो अस्पताल विराटनगरमा र सामान्य घाइते सातजनाको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ ।

बस घटनास्थलमै रहेको र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ साउन ३१ मंगलवार ०५:२६ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...