back
CTIZAN AD

आठसय परिवारलाई राहत र बसोबास व्यवस्था

वि.सं.२०७४ साउन ३१ मंगलवार

972 

shares

३१ साउन, गाईघाट (उदयपुर) । गत शुक्रबारदेखि आइतबार साँझसम्म निरन्तर वर्षाका कारण आएको बाढीबाट पीडित बनेका झण्डै ८०० घरपरिवारका लागि उदयपुर जिल्लामा पनि राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्थापन शुरु भएको छ ।

जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति, उदयपुरका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाशजंग कार्कीका अनुसार जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १, २ र ४ तथा पूर्वी क्षेत्रको बेलका नगरपालिका क्षेत्रको वडा नं १ र २ का बाढीबाट विस्थापित भएका जनताका लागि राहत वितरण र अस्थायी बसोबास व्यवस्थापनको कार्य सोमबारबाट तीव्ररुपमा शुरु भएको हो ।

त्रियुगा नगरपालिकाको वडा नं २ का झण्डै ४० घर बाढीबाट विस्थापित परिवारका लागि स्थानीय रामजानकी मावि र सत्यदेवी मावि विद्यालयमा बाढीपीडितलाई सुरक्षित अस्थायी बसोबासको व्यवस्था भएको छ ।

यस्तै, त्रियुगा नगरपालिका–१२ का प्रतिभाटोलका झण्डै १५ घरपरिवारसहित वडा नं ४ मोतिगडा मिलनचोकमा ४० घरपरिवारका लागि पनि स्थानीय विद्यालय र मोतिगडाको त्रियुगा जनता बहुमुखी क्याम्पसमा पीडितलाई अस्थायीरुपमा राखेर राहत वितरण कार्य शुरु भएको कुरा निमित्त प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो ।

यता जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको वडा नं १ को तपेश्वरी क्षेत्रको बान डाँडा र वडा नं २ भागलपुर क्षेत्रका झण्डै ६५० पीडित घरपरिवारका लागि पनि केहीलाई विद्यालयमा अस्थायीरुपमा राखिएको र केही भने सोमबारबाट वर्षामा सुधार आएपछि आफ्ना घर फर्कन थालेको कुरा इलाका प्रहरी कार्यालय, रामपुर, ठोक्सिलाले बताएको छ ।

सोमबारदेखि बाढीपीडितका लागि जिल्ला रेडक्रश, नेपाली सेना, जिल्ला प्रहरी, नागरिक समाज, प्रशासन र स्थानीय नगरपालिकाका प्रतिनिधिहरुले बाढीपीडितका लागि चामल, तेल, ओढ्ने कपडासहितका आवश्यक सामग्री वितरण गर्न शुरु गरेको कुरा जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

यस्तै, जिल्ला दैवीप्रकोप उद्धार समिति तथा राहत वितरणसहित स्थानीय नगरपालिकाका प्रतिनिधिको आपत्कालीन बैठक बसेर तत्काल सम्बन्धित स्थानीय निकायले बाढीपीडितका लागि रु ४० लाखदेखि रु ८० लाखसम्म रकम उपलब्ध गराएर वितरण गर्ने र आवश्यक सामग्री जुटाउने निर्णयसमेत गरिएको सम्बन्धित पदाधिकारीले बताए ।

बाढीपीडित क्षेत्रका जनतालाई पुनःस्थापना गराउन केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई तत्काल उदयपुरमा तार जाली र आवश्यक सामग्रीसमेत उपलब्ध गराउन अनुरोध गरिएको कुरा जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ ।

शुक्रबारदेखि आइतबार बेलुकीसम्म आएको निरन्तर वर्षाका कारण भीषण बाढीले त्रियुगा नगरपालिकाको खैजनपुर क्षेत्रमा त्रियुगा नदी तथा स्थानीय बाबिया खोला गाउँमा प्रवेश गर्दा सयौँ घर विस्थापित हुन पुगेका छन् ।

यस्तै, त्रियुगा नगरपालिकाको मिलनचोक र मोतीगडा क्षेत्रमा त्रियुगा नदी र लुहाले तथा स्थानीय ठाडी खोला प्रवेश गर्दा १४० घर विस्थापित भएका छन् भने गाउँमा नदी कटानले सम्पूर्ण क्षेत्र प्रभावित भएको छ ।

यता जिल्लाका पूर्वी क्षेत्रको बेलका नगरपालिका–१ वानडाँडा क्षेत्र र वडा नं २ को भागलपुर क्षेत्रमा त्रियुगा नदी र गिदेरी खोलाको बाढी गाउँमा प्रवेश गर्दा झण्डै ६५० घर परिवार विस्थापित भएको स्थानीय जनप्रतिनिधि तथा प्रशासनले बताएको छ ।

यता सोमबार आएको बाढीले जिल्लाको रौतामाई गाउँपालिका–६, मुर्कुचीको हुमा खोलाले बगाउँदा ५६ वर्षीय कर्णमाया मंग्राती र उनकै आठ वर्षीय नातिको मृत्यु भएको छ ।

उदयपुरमा हालसम्म झण्डै ८०० घरपरिवार बाढीबाट प्रभावित हुन पुगेका छन् भने दुईजनाको मृत्यु भएको कुरा जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ ।

वि.सं.२०७४ साउन ३१ मंगलवार ०५:३२ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...