back
CTIZAN AD

बाढीपीडितका लागि जुम्लामा रु एक लाख

वि.सं.२०७४ साउन ३१ मंगलवार

927 

shares

३१ साउन, जुम्ला । अविरल वर्षाले धनजनको क्षति भएका पहाडी र तराईका पहिरो तथा बाढीपीडित घरपरिवारका लागि जुम्लामा रु एक लाख राहत संकलन गरिएको छ

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको नेतृत्व र जिल्ला प्रशासन कार्यालय, प्रहरी, कृषि, शिक्षा, पशुसेवा कार्यालयको सहभागितामा रु ५० हजार २०० रकम सोमबार संकलन गरिएको हो ।

त्यस्तै, नागरिक समाज, जुम्लाका संयोजक राजबहादुर महतको संयोजकत्व र युवा क्लबहरुको सहभागितामा रु २९ हजार ८७० राहत संकलन गरिएको छ ।

अनेरास्ववियु, जुम्लाले रु १५ हजार ५०० राहत संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारीले संकलित रु ५० हजार २०० राहत रकम नगरपालिकाका प्रमुख कान्तिका सेजुवाललाई हस्तान्तरण गर्नुभएको छ ।

सो रकम ग्रहण गर्दै नगरप्रमुख सेजुवालले आज पनि राहत संकलन गर्ने र त्यससँगै नगरपालिकाको केही रकम थपेर जिल्ला दैवी प्रकोप उद्धार कोष, जुम्लाको खातामा जम्मा गर्ने बताउनुभयो ।

प्रजिअले आज बैठक बसी जुम्लामा नगरपालिका, विद्यार्थी संगठन, नागरिक समाज र क्लबले उठाएको रकम एकीकृत गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने बताउनुभयो । बाढीपहिरो पीडितलाई जतिसक्दो सहयोग गर्न चन्दननाथ नगरपालिका र जुम्लाले जुम्लीवासीलाई अपिल गरेका छन् ।

जुम्लामा ॐ शान्ति संस्थाले पनि बाढीपीडितका लागि रकम संकलन गरेको छ । यद्यपि जम्मा भएको सबै रकम जिल्ला प्रशासन कार्यालय जुम्लालाई हस्तान्तरण गरिने जनाइएको छ ।

राहत संकलन कार्यमा जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेरा, वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेल, वरिष्ठ पशु विकास अधिकृत माधवप्रसाद अर्याल, प्रहरी नायब उपरीक्षकत्रय गुरुविष्णु काफ्ले, प्रेम भण्डारी र प्रकाश शाहसहित सहभागी हुनुभएको थियो ।

वि.सं.२०७४ साउन ३१ मंगलवार ०५:१८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...