back

बाढीपीडितका लागि जुम्लामा रु एक लाख

वि.सं.२०७४ साउन ३१ मंगलवार

594 

shares
IME Limited
NTC AD

३१ साउन, जुम्ला । अविरल वर्षाले धनजनको क्षति भएका पहाडी र तराईका पहिरो तथा बाढीपीडित घरपरिवारका लागि जुम्लामा रु एक लाख राहत संकलन गरिएको छ

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको नेतृत्व र जिल्ला प्रशासन कार्यालय, प्रहरी, कृषि, शिक्षा, पशुसेवा कार्यालयको सहभागितामा रु ५० हजार २०० रकम सोमबार संकलन गरिएको हो ।

त्यस्तै, नागरिक समाज, जुम्लाका संयोजक राजबहादुर महतको संयोजकत्व र युवा क्लबहरुको सहभागितामा रु २९ हजार ८७० राहत संकलन गरिएको छ ।

अनेरास्ववियु, जुम्लाले रु १५ हजार ५०० राहत संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारीले संकलित रु ५० हजार २०० राहत रकम नगरपालिकाका प्रमुख कान्तिका सेजुवाललाई हस्तान्तरण गर्नुभएको छ ।

सो रकम ग्रहण गर्दै नगरप्रमुख सेजुवालले आज पनि राहत संकलन गर्ने र त्यससँगै नगरपालिकाको केही रकम थपेर जिल्ला दैवी प्रकोप उद्धार कोष, जुम्लाको खातामा जम्मा गर्ने बताउनुभयो ।

प्रजिअले आज बैठक बसी जुम्लामा नगरपालिका, विद्यार्थी संगठन, नागरिक समाज र क्लबले उठाएको रकम एकीकृत गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने बताउनुभयो । बाढीपहिरो पीडितलाई जतिसक्दो सहयोग गर्न चन्दननाथ नगरपालिका र जुम्लाले जुम्लीवासीलाई अपिल गरेका छन् ।

जुम्लामा ॐ शान्ति संस्थाले पनि बाढीपीडितका लागि रकम संकलन गरेको छ । यद्यपि जम्मा भएको सबै रकम जिल्ला प्रशासन कार्यालय जुम्लालाई हस्तान्तरण गरिने जनाइएको छ ।

राहत संकलन कार्यमा जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेरा, वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेल, वरिष्ठ पशु विकास अधिकृत माधवप्रसाद अर्याल, प्रहरी नायब उपरीक्षकत्रय गुरुविष्णु काफ्ले, प्रेम भण्डारी र प्रकाश शाहसहित सहभागी हुनुभएको थियो ।

वि.सं.२०७४ साउन ३१ मंगलवार ०५:१८ मा प्रकाशित

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

  काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौं–तराई/मधेस...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...