back
CTIZAN AD

विद्यार्थी हत्याको छानबिनको माग गर्दै क्याम्पसमा तालाबन्दी

वि.सं.२०७४ साउन ३२ बुधवार

648 

shares

३२ साउन,भीमदत्तनगर । नेकपा ९माओवादी केन्द्र० निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ ।

शनिबार बिहान क्याम्पस परिसरमा रहेको विद्यार्थी छात्राबासमा बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको रहस्यमय ढंगबाट हत्या गरिएको दाबी गर्दै अखिल क्रान्तिकारीले घटनाको यथातत्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब दिन क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्रराज विष्टले बताउनुभयो ।

उहाँले घटना सुनियोजित भएको भन्दै विद्यार्थी हत्याको छानबिन नहुँदासम्म दबाब दिने जानकारी दिनुभयो ।

त्यसैगरी क्याम्पस प्रशासनसँग क्रान्तिकारी विद्यार्थी संगठनले जीर्ण अवस्थामा रहेको छात्राबासको मर्मत सम्भार गर्नसमेत माग गरेका छन् । अखिल क्रान्तिकारीका जिल्ला कमिटी सदस्य तथा पूर्व सिद्धनाथ विज्ञान क्याम्पस एकाइ कमिटी अध्यक्षसमेत रहेका मृतक जाग्रीको शव शनिबार बिहान छात्राबासमा घाँटी रेटिएको अवस्थामा भेटिएको थियो ।

घटनालगत्तै सुक्ष्म अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको छानबिनका क्रममा तालीम प्राप्त कुकुर प्रयोगदेखि घटनामा संलग्नताको आशंकामा नियन्त्रणमा लिएका केही व्यक्तिको छानबिनमा पोलिग्राफ मेसिनको समेत प्रयोग गरेको छ । प्रहरीले हालसम्मको घटनास्थलदेखि विवरणसम्म हेर्दा जाग्रीको हत्याभन्दा आत्महत्या हुनसक्नेतर्फ बढी संकेत गरिरहेको छ ।

त्यसैगरी अखिल क्रान्तिकारी कञ्चनपुरले मंगलबार मृतक जाग्रीको निधनको शोकमा भीमदत्तनगरमा शोकसभाको आयोजना समेत गरेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ घर भएका विद्यार्थी जाग्री विज्ञान क्याम्पसमा अध्ययनसँगै केही समययता चमेनागृहसमेत सञ्चालन गर्दै आएका थिए । मृतक जाग्रीको सोमबार महाकाली नदीमा अन्त्येष्टि गरिएको थियो ।

त्यसैगरी सिद्धनाथ विज्ञान क्याम्पसका अध्यापन गराउँदै आएका प्राध्यापकले रु २० हजार र यहाँस्थित रेडियन्ट उमाविले रु १० हजार गरी जम्मा रु ३० हजार आर्थिक सहयोग गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

वि.सं.२०७४ साउन ३२ बुधवार ०३:२७ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...