back
CTIZAN AD

साउदीमा ‘न्यु अन्नपूर्ण गोल्डकप २०१७’ शुचारु हुँदै

वि.सं.२०७४ भदौ १७ शनिवार

756 

shares

bannerस्लाम धर्मवलम्वीहरुको महानपर्व बक्रा इदको उपलक्ष्यमा अरबमा मिल्ने लामो छुट्टिलाई नेपाली समुदायको लागी मनोरञ्जनात्मक बनाउने उदेश्यले न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबले “आन्पुर्ण गोल्डकप २०१७ ” को आयोजना गरेको   छ ।

हिमाल एयरलाइन्स,हिमाल रेमिट र IME बैंक देखि गेष्टहाउस सम्मको सहकार्यमा न्यु अन्नपूर्ण गोल्डकप शुचारु हुने भएको हो ।
अघिल्लो वर्ष पनि यस क्लबले तत्कालीन परराष्ट मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख अतिथिमा फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । बिदेशी भुमिमा पनि न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबको फुटबल प्रतिको लगनशिलता र मेहनतले यस वर्ष साथ , सहयोग धेरै पाएको न्यून अन्नपूर्ण स्पोर्ट्स क्लबका अध्यक्ष श्री प्रसाद यवा लिम्बुले बताउनु भयो । यवाले भन्नू भयो ‘ यस वर्ष खेल प्रतियोगिता हुनु अगाबै अपेक्षा भन्दा धेरै साथ सहयोग र हौसला पाएका छौं तर चुनौतीहरु पनि यो पटक धेरै थिए र छन प्रतियोगितालाई अनुशासित , मर्यादादित र लोकपि्रय बनाउन अन्तिम चरणमा जुटिरहेका छौं ‘ अघिल्लो वर्ष २५ हजार रियल घाटा लागेको बताउने न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबले एक वर्ष अवधी भित्र नेपाली मात्र नभएर स्थानीय साउदिको मन जितेको छ ।
अध्यक्ष यवाले फुटबल प्रती गराएको ब्रीफिङ र देखाएको लगनशीलताबाट प्रफुलित सोन्स अफ सलिम माघलुथ अरबिक कम्पनिले १६ हजार २ सय साउदी रियल (नेपाली ४ लाख माथी ) दिएका छन साथै दुई दशक देखि साउदीमा व्यवसाय गर्दै आउनुभएका अलबदर ट्रेनिङ कम्पनीका प्रोपाइटर जोन अर्यालले खेल अवधिभर लाग्ने खर्चको आधा हिस्सा बेहोरिदिने प्रतिबद्धता गर्नुभएको छ भने न्यून अन्नपूर्ण स्पोर्ट्स क्लबलाई हिमाल रेमिट बैंक , ग्लोबल आइएमइ बैंक , काठमाडौको वर पिपल गेष्ट हाउस र दमाममा भर्खरै मात्र खोलिएको हिमालयन एयरलाइन्सले हातेमालो गरिदिएको छ ।
प्रचार प्रासार संयोजक अन्जनी अधिकारीका अनुसार जुवेलको प्रतिष्ठित मैदानहरु मध्येको अल हवालयात खेल मैदानमा खेल आइतबार बिहान ९ बजे देखि सुचारु हुन्छ र ३ बजे बन्द हुनेछ । खेल समय २० मिनेट , ५ मिनेट आराम गर्दा प्रतेक ग्याम ५० मिनेटको हुनेछ बाकी फिफा नियम अनुसार खेल हुनेछ ।
सेक्टेम्बर ३ बाट शुरुभएको यश प्रतियोगीको फाइनल ५ सेक्टेम्बरमा साउदिका लागि नेपाली राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिहं राजपुतको हस्तबहुलिबाट हुनेछ । यस फुटबल प्रतियोगिता अवधिभरको प्रत्यक्ष प्रसार नेपाल सरकार द्वारा मान्यता प्राप्त डिसि नेपाल , गोल डटकम , तिनजुरे अनलाइन र सैलुङ अनलाइनले गर्नेछन ।

वि.सं.२०७४ भदौ १७ शनिवार ०५:४३ मा प्रकाशित