back
CTIZAN AD

कार्यकारी राष्ट्रपतिको बहश बढाउने निर्णय गर्दै बुद्धिजीवीहरुको पोखरा बैठक सम्पन्न

वि.सं.२०७४ भदौ १७ शनिवार

906 

shares

buddijibi

केशव सुवेदी, १७ भदौं, पोखरा । कार्यकारी राष्ट्रपतिको बहश बढाउने निर्णय गर्दै नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन प्रदेश नं ४ को बैठक पोखरामा सम्पन्न भएको छ । बैठकले विभिन्न क्षेत्रका बिज्ञ र बौद्दिकहरुकोे सुचि तयारी गर्ने, संगठनको बैठक, भेला र सम्मेलन प्रक्रिया अघि बढाउने, कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई बहसको मुख्य एजेण्डा बनाउने तथा प्रदेश र संघको निर्वाचनमा बुद्धिजीवीहरुको सक्रियता बढाउने लगायतका महत्पूर्ण निर्णय गरेको छ ।

buddijibi3

प्रदेश नं ४ का इन्चार्ज निलकण्ठ तिवारीको सभापतित्व र संयोजक शम्भु बहादुर अधिकारीको सञ्चालनमा सम्पन्न उक्त बैठकमा माओवादी केन्द्रका नेता झलकपाणी तिवारी प्रमुख अतिथि रहेका थिए । नेकपा माओवादी केन्द्र कास्कीका इन्चार्ज राजकाजी गुरुङ ‘करण’ लगायतका नेताहरु उपस्थित सो कार्यक्रममा प्रमुख अतिथि झलकपाणी तिवारी, लोकबहादुर थापा तथा संगठनका पूर्वकेन्द्रीय अध्यक्ष कोमलनाथ बराल लगायतका वक्ताहरुले वर्तमान आवश्यकतामा माओवादी आन्दोलन, राजनैतिक कार्यदिशा र क्रान्तिकारी बुद्धिजीवीको भूमिकाका विषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

buddijibi1
कार्यक्रममा कास्कीका डा. कृष्णराज अधिकारी, तनहुँका शीवबहादुर थापा, लम्जुङका भोजराज चिलुवाल, बाग्लुङका डा दीनबहादुर थापा, गोर्खाका भद्रराज त्रिपाठी, स्याङ्जाका कृष्णबन्धु पौडेल तथा दयासागर घिमिरे, रामप्रसाद पौडेल, शिवशरण ज्ञवाली, बाबु डियर हमाल लगायतका बुद्धिजीवीहरुले जिल्लागत रिपोटिङ्ग सहित आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रदेश नं. ४ का इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष निलकण्ठ तिवारीले बैठकको शंश्लेषण र निर्णय सुनाउँदै बैठक समापन गरेका थिए ।

वि.सं.२०७४ भदौ १७ शनिवार ०५:५५ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...