back
CTIZAN AD

काँग्रेस खोटाङले टुंगो लगायो उम्मेदवारको नाम

वि.सं.२०७४ असोज १० मंगलवार

774 

shares

congresh-flag१० असोज, खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस खोटाङले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

केन्द्रले आगामी असोज १७ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएपछि जिल्ला कार्य समितिको दिक्तेलस्थित वी.पी स्मृति भवनमा दुई दिनसम्म बसेको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्ववन राज्यमन्त्री शिवकुमार बस्नेत, राज्यमन्त्री सर्वधन राई, सांसद सरस्वती बजिमय र चिकित्सक केके राईको नाम सिफारिस गरिएको छ ।

यस्तै, समानुपातिकतर्फ पूर्वसभासद् हिरा गुरुङ, नवराज केसी, योगेन्द्र राई र पदम निरौलाको नाम सिफारिस भएको काँग्रेसले जनाएको छ । प्रदेशसभातर्फ १ नं प्रदेशका लागि प्रत्यक्षतर्फ जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, युवानेता सुवासकुमार पोखरेल, दिनेश राई, वीरकाजी राई, जितेन्द्रसिं ठकुरी र भगवती निरौलाको नाम सिफारिस गरिएको छ ।

यस्तै, समानुपातिकतर्फ ज्ञानेन्द्र जोशी, जनक कार्की, फटिककुमार श्रेष्ठ, चक्रकुमार राई, डा राजकुमार राई, भक्तजङ्ग राई, रोजन राई, दुरेन राई, शान्तिदेवी राई, पेशल राई, दुर्गाप्रसादघिमिरे, गोपाल श्रेष्ठ, डिल्लीकुमारी आचार्य, मिठुदेवी रेग्मी र उमेशचन्द्र आचार्यको नाम सिफारिस गरिएको छ ।

दुई नम्बर प्रदेशतर्फ प्रत्यक्षमा पूर्वसभापति विष्णुकुमार राई, महाअधिवेशन प्रतिनिधि रविप्रकाश राई, महेन्द्र कटवाल र रमेश खड्काको नाम सिफारिस भएको स्रोतले जनाएको छ । समानुपतिकतर्फ तीर्थराज भट्टराई, केशवराज कार्की, कमला राई, जीवन राई, वसन्त राई, सुमनबाबु आचार्य, रामकुमारी राई, राम साम्पाङ राई, देवी राई, भरत पोखरेल, खेमबहादुर खड्का र पे्रमकुमार कटवालको नाम सिफारिस भएको बैठकमा सहभागी युवानेता श्यामकुमार राईले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालयले गरेको परिपत्रअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि प्रत्यक्षमा एक महिलासहित तीन र समानुपातिकतर्फ एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि निर्वाचनमा भाग लिने नेताको नाम धेरै भएपछि जम्बो टोलीको नाम सिफारिस गरेको छ । काँग्रेसका अनुसार नाम सिफारिस भएका नेतामध्ये टिकटको बाजी कसले मार्ने भन्नेमा काँग्रेस नै अन्योलमा छ ।

नाम सिफारिस भएका नेतालाई आ–आफ्नो तर्फबाट टिकटका लागि लबिङ गर्न बाटो खुला भएको छ । जिल्ला सभापति नरेशकुमार श्रेष्ठका अनुसार अन्य निर्णय पत्रकारसम्मेलनमार्फत जानकारी दिने बताइएको छ ।

वि.सं.२०७४ असोज १० मंगलवार ०२:२७ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...