Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपालबाट बंगलादेश पराजित



काठमाडौँ, ९ असोज (रासस) : भुटानमा जारी साफ अठार वर्षमुनि (यू–१८) च्याम्यिनसिपअन्तर्गत आज भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८० औँ मिनेटमा थपेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । त्यसअघि नेपालका अभिषेक रिजालले खेलको २२ आँैँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिएका थिए । अभिषेकले गोल गरेको करिब आठ मिनेट पनि बित्न नपाउँदै (३० औँ मिनेटतिर) बंगलादेशका मोहम्मद अल अमिनले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।
यसअघि दुई खेल खेलेको नेपालले एक खेल हार तथा एक खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपाल भुटानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्र्रो माल्दिभ्स विरुद्वको खेलमा २–० को जित हासिल गरेको थियो ।
बंगलादेशको भने यो पहिलो हार हो । यसअघि खेलेको दुई खेलमा उसले दुवै खेलमा जित हासिल गरेको थियो । त्यसैगरी आजै भएको अर्को खेलमा भारतले माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । नेपालले आफ्नो चौथो खेल बुधबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन