back

साइप्रस युरोप भनेर भ्रममा नपर्नु, ७० प्रतिशत भन्दा बढी नेपाली छन् समस्यामा

वि.सं.२०७४ असोज ९ सोमवार

954 

shares
NTC AD
Global IME AD
cyprus

नेपालका बिभिन्न म्यानपावरले साइप्रसबाट बिभिन्न डिमाण्डहरु ल्याएका छन् । म्यानपावरमा आउने अधिकांश डिमाण्डहरु यहाँको म्यानपावरले त्यहाँको म्यानपावरलाई दिने खालको हुन्छ ।

सिधा कम्पनीको लागि आउने डिमाण्डहरुमा त्यति धेरै समस्या नहुने भए पनि म्यानपावर टु म्यानपावरमा आउने डिमाण्डमा समस्या हुने गरको छ । त्यस्तै साइप्रस युरोपियन देश भएको हुँदा घरेलु कामदार तथा महिला कामदारहरु बढी आकर्षित हुने गरेका छन् । घरेलु कामदार (हाउसमेड) का रूपमा जाने कामदारले शुल्क बुझाउनु पर्दैन । घरेलु कामदार निर्देशिका २०७२ ले हाउसमेडका लागि निस्शुल्क लागतको व्यवस्था गरेको छ । तर महिला कामदारहरुलाई डिमाण्डमा निशुल्क हुने भने पनि ३ लाख देखि  ४ लाख वा कतिपयले सो भन्दा बढी लिने गरिएको पनि भेटिएको छ ।

 डिमाण्डमा एजेन्ट 

 नेपालबाट साइप्रस पठाउदै आएको एक म्यानपावरका अनुसार साइप्रसबाट डिमाण्ड झार्न निकै गाह्रो छ । साईप्रसका  एजेन्टहरुलाई प्रति कामदार १ लाख भन्दा बढी रकम बुझाउने सम्झौतामा मात्र डिमाण्ड पाइन्छ । त्यसैले अनि बिभिन्न प्रोसेस गर्दा साइप्रस जान लागत बढ्ने गरेको छ । अर्को मुख्य कुरा के पनि छ भने साइप्रसमा  आउने कामदारले यहाको दलालाई कमिसन रकम समेत बोकेर आउनुपर्ने हुन्छ ।

 साइप्रसको नियामानुसार घरेलु कामदारले एउटा स्पोन्सर मन नपर्दा तीनवटासम्म स्पोन्सर परिवर्तन गर्न पाउने कानुनी सुविधा छ । यस्तो सुबिधा त छ तर स्पोन्सर भेटिन निकै समस्या हुन्छ । नयाँ कामको खोजीमा नै समय व्यतित हुने गरेको छ भने पाए पनि फेरी एजेन्टलाई नै पैसा खर्च गर्नुपर्ने बाध्यता छ ।

 म्यानपावरले साइप्रसमा भएको म्यानपावरलाई पठाउने कामदारहरुको पहिलो समस्या नै भने जस्तो काम नपाउनु हो । नेपालका म्यानपावरहरुले बिभिन्न मिठा सर्त र कामको आश्वासन देखाउने गरेको भएतापनि यहा साईप्रसमा समस्यामा पर्ने गरेको धेरै नेपालीको गुनाशो छ । कतिपय घरेलु कामदारको रुपमा त्यहाँ रहेका नेपालीले मालिकले सारीरिक यातना समेत दिने गरेको गुनाशो गरेका छन् । सारीरिक यातना मात्र नभई तलब समेत नदिने अर्को समस्या छ ।

  ७०प्रतिशत भन्दा बढी समस्यामा 

 घरेलु तथा महिला कामदारको लागि निकै राम्रो भन्दै म्यानपावरहरु भन्ने गरेका छन् तर यहाहाँको समस्या भोग्नेले मात्र बुझेका छन् । सिमित महिलाहरुलाई भनेजस्तो भएता पनि धेरै महिलाहरुमा केहि न केहि समस्या छ । पछिल्लो समय साइप्रस गएका मध्ये ९०प्रतिशत को हाराहारीमा घरेलु कामदार छन् । त्यसमा पनि समस्यामा पर्ने कामदारको संख्या ७०प्रतिशत भन्दा बढी छ ।

 नेपाली कामदारलाई साइप्रसमा समस्या परेको हालसालै मात्र हैन ।  यो समस्या सुरुवातदेखिकै हो ।  अघिल्लो बर्ष धेरै संचार माध्यममा यस बिषयमा समाचारहरु आएको भएता पनि सम्बन्धित निकायले त्यति चासो देखाएको छैन ।  नेपालदेखि साइप्रससम्म दलालहरुको सेटिङ हुने र त्यसमा पनि केहि सम्बन्धित निकायका कर्मचारीले समेत आर्थिक फाइदा पाउने हुनाले समस्या समाधानको प्रयास नभएको स्पष्ट छ । समस्या पर्न सक्ने बिभिन्न मिडियाले समाचार प्रसारण गर्दा समेत नेपाली कामदारहरु म्यानपावरकै आश्वासनमा लोभिदै साइप्रस आउने  गरेका छन् र  धेरै समस्यामा पर्ने गरेका छन् ।

वि.सं.२०७४ असोज ९ सोमवार १६:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD