back
CTIZAN AD

एलिसा तामाङलाई पागल हुनु पर्ने अवस्था किन आयो ?

वि.सं.२०७४ असोज ९ सोमवार

1.2K 

shares

yelisa-tamang
तुलसी बास्कोटा, काठमाडौं । सम्झना यस्तो शब्द हो जुन सम्झिन बाध्य पारिएकाहरुलाई मात्र थाहा हुन्छ । कुनै सम्झनाले मानिसलाई हसाउला र कुनै सम्झनाले रुवाउला तर यहाँ एक नव प्रवेशी गायिकालाई भने पागल हुनु पर्ने अवस्था आएको छ ।

नेपालको पुर्वी भेग झापा जिल्लाकी युवती एलिसा तामाङ नवप्रवेशी गायिका हुन् । उनलाई गायनमा डेब्यु गराएका छन् गायक तथा संगीतकार ताराबीर पाण्डेले । पाण्डेकै संगीत अनि मधु न्यौपानेको शब्द रहेको तिम्रो सम्झनामा पागल बन्न मन लाग्यो बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपाली गायन आकाशमा राम्रो सम्भावना बोकेको सुरिलो स्वरकी धनी एलिसा तामाङले पहिलो पटक गाए जस्तो भान नहुने यो गीत यतिबेला चर्चामा रहेको छ । सुष्मिता खत्री, चिरन अधिकारी र भावना भुजेल जस्ता कलाकारहरुलाई तिलक रिजालले क्यामरामा कैद गरेको यो भिडियोको निर्देशन ज्ञानेन्द्र कोईरालाले गरेका छन् भने किरन खतिवडाले ड्रोनको अपरेटिङ गरेका छन् । त्यसै गरी उक्त भिडियोलाई तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् ।
नेपाली संगीतको तलतलमा आफैं लगानी गरेर संगीत गर्छु भन्दा पनि अवसर नपाएको आफ्नो विगतको तितो अनुभव सुनाउँने गायक तथा संगीतकार ताराबीर पाण्डेले नयाँलाई अवसर चुनौती पूर्ण भए पनि एलिसा तामाङमा राम्रो सम्भावना भएर नै आफूले अवसर दिएको बताउँछन् । आफ्नो माध्यमबाट एउटा राम्रो प्रतिभाको उदय भएकोमा गर्वको अनुभूति भएको बताउँने ताराबीरले आफूले केवल बाटो मात्र देखाई दिएकोले बाँकी आफ्नो यात्रा पुरा गर्ने आत्मविस्वास आफैंमा कायम राख्न एलिसा तामाङलाई सुझाव दिएका छन् ।

वि.सं.२०७४ असोज ९ सोमवार १५:५३ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...