back
CTIZAN AD

  बाढीपीडित बालबालिकालाई नयाँ  कपडा वितरण

वि.सं.२०७४ असोज १३ शुक्रवार

849 

shares

 १३ असोज, इटहरी ।  इटहरी उपमहानगरपालिका–१० बरगाछीका बाढीपीडित १०० जना बालबालिकालाई दशैँ लक्षित गरेर इटहरी हङ्कङ मञ्चले आज नयाँ कपडा वितरण गरेको छ ।

इटहरी उपमहानगरको पूर्वी सीमामा पर्ने बूढीगंगा नदीमा आएको बाढीले घरबारसमेत गुमाई घरमा भएका लत्ताकपडा एवं भाँडाबर्तन र खाद्यान्नसमेत गुमाउन पुगेका परिवारका बालबच्चाका लागि शरीर छोप्ने कपडा अपरिहार्य देखेर आफूहरुले नयाँ कपडा दिएको मञ्चका सचिव तुलसी उप्रेतीले बताउनुभयो ।

इटहरी हङ्कङ मञ्चले बाढीपीडित बालबालिकाका लागि रु एक लाखका नयाँ लत्ताकपडा उपलब्ध गराएको सचिव उप्रेतीले जानकारी दिँदै मञ्चले बालबालिकाको शिक्षाका लागि सेड्स संस्थामार्फत छात्रवृत्ति रकम उपलब्ध गराउन रु तीन लाखको अक्षय कोषसमेत स्थापना गरेको बताउनुभयो ।

बाढीपीडित बालबालिकालाई लत्ताकपडा वितरण कार्यक्रममा प्याब्सन सुनसरी अध्यक्ष सुमित थापा, उद्योग वाणिज्य संघ इटहरीका सदस्य अनिल सुब्बा, राजु केसीलगायतको पनि सक्रिय सहभागिता रहेको थियो ।

वि.सं.२०७४ असोज १३ शुक्रवार ११:४२ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...