back
CTIZAN AD

डा गजुरेल छ दिनदेखि त्रिवि मूल ढोकामा अनसनमा

वि.सं.२०७४ असोज १६ सोमवार

933 

shares

काठमाडौँ, १६ असोज : बडादशैँको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघ आबद्ध प्राध्यापकहरुले आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनशन र धर्ना जारी राखेका छन् ।

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै संघका तर्फबाट चितवनका शिक्षक डा महेश गजुरेल छ दिनदेखि कीर्तिपुरस्थित त्रिवि मूल ढोका अगाडि आमरण अनशनमा हुनुहुन्छ, भने संघका केन्द्रीय समितिका पदाधिकारी र शुभेच्छुकले धर्ना दिइरहेका छन् ।

संघका सहअध्यक्ष ठमिन्द्र खतिवडाकाअनुसार आफूहरु दशैैँमा घर नगएको र टीका बहिष्कार गर्न बाध्य भएको बताउनुभयो । त्रिविमातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्व विद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
उहाँले सरकार र त्रिवि नेतृत्वसँग माग पूरा गराउने विषयमा अनौपचारिक कुराकानी भएको जानकारी दिनुभयो । डा गजुरेलेको पिसाबमा खराबी र उच्च रक्तचाप, मुटु र श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ । यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट माग सुनुवाइ नभएका भन्दै डा गजुरेल आमरण अनशनमा बस्नुभएको हो । (रासस)

वि.सं.२०७४ असोज १६ सोमवार ११:४९ मा प्रकाशित

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक...

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...