back
CTIZAN AD

नेपालीका समस्या समाधान गर्नमा कुनै कन्जुस्याइँ गरिँदैन –राजदूत खनाल

वि.सं.२०७४ असोज १८ बुधवार

852 

shares

rajdoot

 एनआरएनए पोल्यान्डले पोल्याण्ड समेत हेर्ने जिम्मेवारी पाएका राजदूत रमेशप्रसाद खनालसँग अन्तरकृया कार्यक्रम हिमालय रेस्टुरेन्ट वारसवामा सप्पन्न गरेको छ ।

एनआरएनए पोल्यान्डको आयोजनामा सप्पन्न उक्त अन्तर्कृया कार्यक्रममा महामहिम राजदूत खनालले आफू र आफ्नो दूतावासले पोल्यान्डको नेपाली समस्यामा सधै नजिकबाट साथ दिएको र अझ सबै अनुकुल मिलेमा वर्षमा मात्र होइन पटक पटक आउन सकिने जानकारी दिनुभएको थियो ।

उक्त कार्यक्रममा उपस्थित नेपालीहरूले दूतावासबाट हुने गरेको ढिला सुस्तिबारे गुनासाहरु राखेका थिए । त्यसो त पर्यटन व्यवसायी पोलिशहरु धेरैले नेपाल अत्यन्त रमणीय देश भएको र नेपालको प्राकृतिक दृश्यहरुबाट लोभिएको र नेपाललाई माया गर्ने र आफुले अत्यन्तै मन पराउने बारे जानकारी दिएका थिए ।

उक्त अन्तर्कृया कार्यक्रममा विभिन्न नेपालीहरु पासपोर्ट, विवाह, कामदार तस्करी आदिबारे गुनासाहरु गरेका थिए भने ती गुनासाहरु कागजीरुपमा लिखितम रुपमा दूतावासमा आएमा समस्या समाधान गर्न पहल गर्ने र पोल्यान्डका नेपालीहरुसित समन्वय गर्न कुनै कन्जुस्याइ नगर्ने भनेर आफ्ना कुरा महामहिम खनालले व्यक्त गर्नुभएको थियो ।

एनआरएनए पोल्यान्डका अध्यक्ष गोपाल राइको अध्यक्षतामा एवम महासचिव  श्रीकृष्ण न्यौपानेको कार्यक्रम संचालनमा सप्पन्न कार्यक्रममा जनसम्पर्क समिती पोल्यान्ड सभापति डा अलिनी पोखरेल सुवेदी, एनआरएनए पोल्यान्ड संरक्षक डा बोधराज सुवेदी, एन आर पोल्यान्ड उपाध्यक्ष जीवन केसी, पानी अभियानकर्ता मित्रलाल पार्दे, एनआरएनए पोल्यान्ड सचिब सोम सैन्जु, एकमाया पुलामी सुभाष पोख्रेल, रितु न्यौपाने, अमितकुमार यादव लगायतले विभिन्न जिज्ञासाहरु नेपाली दूतावासका महामहिम राजदूत खनाल लगायत उपस्थित व्यक्तिहरू बिचमा आ आफ्ना सुझाव एवम धारणाहरु व्यक्त गर्नु भएको थियो ।

सबैको जिज्ञासाको जवाफ राजदूतले दिनुभएको थियो भने दूतावासबाटै पाल्नु भएका विशाल भट्टराईले पनि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा महामहिम धर्मपत्नी शुष्मा खनालको पनि विशेष अतिथिको रुपमा उपस्थिति थियो ।

स्मरण रहोस् जर्मनी अवस्थित नेपाली दूतावासले पोल्यान्ड लगायत झन्डै ९ देशहरू हेर्ने गर्दछ । जर्मनीका लागि नेपाली राजदूत खनाल आफू राजदूत भए लगत्तै पोल्यान्डलाई मुख्य क्षेत्र सम्झेर जर्मनी पछि शुरुमै आफ्नो ओहोदाको प्रमाण पत्र पोल्यान्ड राष्ट्पति समक्ष पेश गर्न आएको जानकारी दिनुभएको थियो ।

उक्त अन्तर्कृया कार्यक्रममा विभिन्न व्यक्तिहरुले उठाएका जायज जिज्ञासाहरुको समस्या समाधान गर्नमा कुनै कन्जुस्याइँ नगरिने विचार राजदूत खनालले व्यक्त गर्नुभएको थियो ।

स्मरण रहोस् महामहिम राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पोल्यान्डका रास्ट्रपति समक्ष पेश गर्न जर्मनीपछि पोल्यान्डलाई मुख्य कार्यक्षेत्र सम्झेर आएको भनेर जानकारी दिनु भएको थियो भने अर्को दिन आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो ।

महामहिम राजदूत समक्ष एनआरएनए पोल्यान्डले लिखित रुपमा नै केही मेनपावरहरुले राष्ट्रिय पत्रिकामार्फत गलत बिज्ञापन आदि राखेको बारे दूतावासलाई गम्भीर ध्यानाकर्षण गराउदै लिखित ज्ञापनपत्र बुझाएको थियो । गलत सूचनाको कारण आदिले कामदार ठागिएको आदि इत्यादि र गलत भ्रमपुर्ण बिज्ञापन छापिएको बारेमा र यस्ता गतिविधिमा चनाखो हुन सबै जरुरी छ भनेर र गलत काम कारबाही गर्नेहरुलाई सम्बन्धित निकाएमा पुर्याउन आवश्यक छ भनेर एनआरएनए पोल्यान्डले लिखित रुपमै महामहिन समक्ष निवेदन पनि पेश गरेको थियो ।

वि.सं.२०७४ असोज १८ बुधवार ०८:१८ मा प्रकाशित