back
CTIZAN AD

 उम्मेद्वार पूर्वराजदूत उपाध्यायविरुद्ध उजुरी

वि.सं.२०७४ कात्तिक २७ सोमवार

684 

shares

deep-kumar-upadhya२७ कात्तिक, जितपुर, कपिलवस्तु । कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

उम्मेदवार उपाध्यायले निर्वाचन आयोगको निर्देशन विपरीत सार्वजनिकस्थलमा ठूल्ठूला होर्डिङ बोर्ड झुण्डयाएको भन्दै उजुरी परेको हो । उम्मेद्वार उपाध्यायले आचारसंहिता विपरीत कार्य गरेको भन्दै कपिलवस्तु नगरपालिका बस्ने विक्रम बढई तथा रामसुभग चाईले संयुक्तरुपमा उजुरी दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख ज्ञानहरि घिमिरेका अनुसार उजुरी दर्ता भएको र नियमअनुसार उहाँलाई सचेत गराइएको जानकारी दिनुभयो । कार्यालयका अनुसार आचारसंहिता उल्लंघनविरुद्ध अहिलेसम्म मौखिक र फोनमार्फत धेरै उजुरी आएपनि लिखित भने दुईवटा मात्र परेको जनाएको छ ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०३:०२ मा प्रकाशित

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...