back
CTIZAN AD

हक अधिकारका लागि मधेशवादी दललाई विजयी गराऔँ : अध्यक्ष यादव

वि.सं.२०७४ कात्तिक २७ सोमवार

645 

shares

upendra-yadav२७ कात्तिक, राजविराज । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबारबाट चुनावी अभियान थाल्नुभएको छ ।

गत २०७३ फागुन २३ गते प्रहरीद्वारा सप्तरीको मलेठमा मारिएका ५ जना सहिदको सम्झना गर्दै चुनावी प्रचार–प्रसारको शुरुवात गर्नुभएको हो ।

उहाँले मलेठमा शहीद भएका पाँचैजनाको तस्विरमा माल्र्यापण समेत गर्नुभएको थियो ।

सो क्रममा अध्यक्ष यादवले वर्षौँदेखि उपेक्षित, उत्पीडित र शोषणमा परेका मधेशी जनताको हकअधिकार सुनिश्चितताका लागि मधेशवादी दललाई निर्वाचनमा विजयी गराउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले राजपा -फोरम गठबन्धनलाई नै २ नं. प्रदेशमा भोट दिन सबैलाई आग्रह समेत गर्नुभयो ।

बाम गठबन्धनका उम्मेदवार एक सातादेखि नै प्रचारप्रसारमा जुटेको भएपनि उपेन्द्र यादवले भने आजदेखि चुनावी प्रचारमा लागेको फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो ।

त्यस्तै, उहाँले बाम गठबन्धनका उम्मेदवार उमेश यादवको गाउँ लालापट्टी पुगेर नारायण यादव, दामोदर यादव, देवराम यादव र मालिक यादव, भाईहरु कृष्णा यादव, मिथिलेश यादव लगायत सयौँजनालाई पार्टी प्रवेश गराउँदै चुनावी अभियान सुरु गर्नुभएको फोरम नेपालले जनाएको छ ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०३:०५ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...