back
CTIZAN AD

बुफोनले लिए सन्यास, भेट्रानको अन्तराष्ट्रिय फुटबल करियरको दुखद अन्त्य

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

1K 

shares

buffon

२८ कात्तिक, एजेन्सी । ईटलीका भेट्रान किपर जिआनलुईजी बुफोनल अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । हिजो राति सम्पन्न विश्वकप छनोटको प्ले अफमा पराजित भएसँगै ईटलीका महान किपर जिआनलुईजी बुफोनले अन्तराष्ट्रिय फुटबलमा ग्लोभ नलगाउने घोषणा गरेका हुन् ।
युरोपियन क्षेत्रको प्ले अफमा ईटली समग्रमा १ ० गोल अन्तरको हार बेहोरेसँगै इटली सन् १९७० पछि पहिलो पटक विश्वकपबाट समेत बाहिरिएको हो । हार पछि बुफोनले आँसु झार्दै अन्तराष्ट्रिय फुटबल करियरलाई बिट मार्ने घोषणा गरेका हुन् ।

gigi

बुफोनले ईटली बाट १७५ खेल खेलेका छन् । सन् २००६ को विश्वकपमा ईटलीलाई उपाधि दिलाउन महत्वपुर्ण भुमिका खेलेका बुफोनलाई विश्वकै सर्वोत्कृष्ट गोलकिपर मानिन्छ ।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०२:१० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...