back
CTIZAN AD

‘वाम गठबन्धन भत्काउन विदेशी शक्तिको चलखेल शुरु’

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

990 

shares

madhav-nepal1२८ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको वाम गठबन्धन भत्काउन विदेशी शक्ति लागिपरेको विचार व्यक्त गर्नुभएको छ ।

स्थानीय थलीमा एमाले र माओवादी केन्द्रले आयोजना गरेको संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धनबाट कम्युनिष्टले बहुमतसहित सरकार सञ्चालन गर्ने सम्भावनाले विदेशी शक्तिले आत्तिएर गठबन्धन भत्काउन चलखेल गरिरहेको बताउनुभयो ।

“पाँच वर्ष वामपन्थीको नेतृत्वमा स्थिर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित जस्तो देखिएपछि अहिले विदेशी शक्ति गठबन्धन तोड्न सक्रिय भएका छन्”, उहाँले भन्नुभयो, “तर हामी त्यस्ता विदेशी चलखेललाई पराजित गर्दै वाम गठबन्धनलाई जोगाउँदै पार्टी एकता गर्दछौँ ।”

भेलामा माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपाने, शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवारद्वय सानुकुमार श्रेष्ठ र मणिराम फुयाँलले राजनीतिक स्थिरताका लागि वाम गठबन्धनलाई जिताउनका आवश्यक रहेको बताउनुभयो । भेलाले प्रतिनिधिसभामा एमालेतर्फबाट समानुपातिक उम्मेदवार सरिता न्यौपानेको संयोजकत्व र माओवादी केन्द्रका नेता प्रकाश गौतमको सहसंयोजकत्वमा दुई हजार २२२ सदस्यीय संयुक्त निर्वाचन प्रचार कमिटी गठन गरेको छ ।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०२:३२ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...