back

माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

वि.सं.२०७४ मंसिर १ शुक्रवार

408 

shares
NTC AD
Global IME AD

१ मंसिर , सुरुङ्गा, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१प ९८९९ नंको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वा३ख ५८८७ नंको माइक्रोबसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ ।

वि.सं.२०७४ मंसिर १ शुक्रवार ०६:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी...

मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने

मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको चुनौती

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको चुनौती

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा...