back

स्वाभिमानी नगरकोटी भन्छन्–‘मागेर खानु भन्दा केही गरेरै खान्छु’

वि.सं.२०७४ मंसिर १४ बिहीवार

561 

shares
IME Limited
NTC AD

nagarkotiगोकर्णेश्वर नगरपालिका वडा नं ८ गाम्चाका ३४ वर्षीय सानु नगरकोटी जन्मेको ११ वर्षमै आँखा नदेख्ने भएका थिए । तर, उनी दृष्टिविहिन भएपनि स्वाभिमानी व्यक्ति हुन् । कतिपय आँखा नदेख्नेहरु मागेर खाने अवस्थामा पुगेको र मागेर खाएको अवस्था छ । तर, उनले मागेर खाने कहिल्यै सोचेनन् । आँखा नदेख्ने भएपनि हातखुट्टा सग्लै रहेका उनी दिनभरी कोही एकजना आँखा देख्ने व्यक्तिको सहारामा आफै उत्पादन गरेको धुप बेच्न निस्कन्छन् सडकमा ।

उनी सडकमा हिड्ने मानिस देखि लिएर पसल, अफिस र घर–घरका गल्ली गल्लीहरूमा पुगेर आफ्नो धुप किनिदिन आग्रह गर्छन् । ‘कोही मनकारी भेटिए भने किनिदिन्छन्,’ नगरकोटी भन्छन्,‘पसलमा महँगो भयो भनेर लिँदैनन्, अफिसहरूले भने हाम्रो अवस्था देखेर सहयोग गर्नुहुन्छ ।’
नगरकोटीले ४ वर्ष पहिले त्रिपुरेश्वरस्थित अन्धा कल्याण संघमा ६ दिन धुप बनाउने तालिम लिएका थिए । त्यसपछि बिस्तारै उनले तीनजनाको समूह बनाएर प्रतिव्यक्ति ४०–४० हजार लगानी गरेर आफै धुप बनाउन थाले । उनको समूहमा थानकोटका कृष्ण बलामी साँखुका उमेश थापा रहेका थिए । पछि कृष्ण बलामीले लगानी निकालेर नारायणगढ तिर आफ्नै व्यवसाय सुरु गरे भने उमेश थापा पनि अलग भए । अहिले नगरकोटी एक्लैले काम गर्छन् । उनको सानो उद्योगमा फ्रेस मुगुरा धुप बनाउने गरेको बताउँछन् । (मुगुरा एउटा वास्ना आउने फूलको नाम हो) ।
४ वर्ष भयो नगरकोटीले यसरी नै सडकमा धुप बेच्न थालेको । कति कमाउनु हुन्छ दिनमा भन्ने ऐक्यबद्धताको प्रश्नमा उनी भन्छन्, ‘रेगुलर गर्न सक्यो भने घरको भाडा र खर्च तथा छोरीको पढाइ खर्च तिरेर त्यस्तै २–३ हजार बच्छ । जेहोस् मागेर खानु परेको छैन्, कमाएर राख्नु पनि परेको छैन ।’

nagarkoti2
आँखा नदेख्ने भएपनि पढेकाले पढाएर खान पनि सक्छन् भने, नपढेकाहरूलाई गा¥हो छ जीवन धान्न । नगरकोटी भन्छन्, ‘देशभरी हजारौं कलकारखानाहरू छन्, त्यसमा प्रत्येक उद्योग, कम्पनी तथा अफिसमा १ जना दृष्टिविहिनहरूलाई काम दिनुपर्ने व्यवस्था सरकारले गरिदिएमा कोही पनि दृष्टिविहिनले मागेर खानुपर्ने अवस्था आउँदैन् ।
नगरकोटीका अनुसार राजधानीका सडकहरू दृष्टिविहिन तथा अपाङ्गमैत्री छैनन् । बाटो काट्न गा¥हो हुन्छ । बाइकले हानेर भाग्छन् । ‘अरु त परै जावोस् उनीहरूले सरी समेत भन्दैनन् ।’ नगरकोटी गुनासो गर्छन् ।

प्रस्तुति: प्रमोद राना मगर

वि.सं.२०७४ मंसिर १४ बिहीवार ०३:४६ मा प्रकाशित

संविधान संशोधन गर्नुअघि राजनीतिक नेतृत्व सुध्रिनुपर्छः पूर्वमन्त्री किराती

संविधान संशोधन गर्नुअघि राजनीतिक नेतृत्व सुध्रिनुपर्छः पूर्वमन्त्री किराती

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री...

पहिला देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ : शङ्कर भण्डारी

पहिला देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ : शङ्कर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर...

आर्थिक समृद्धि हासिल गर्न ठूला दलबीचमा सहकार्य आवश्यक : कृष्णप्रसाद सिटौला

आर्थिक समृद्धि हासिल गर्न ठूला दलबीचमा सहकार्य आवश्यक : कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुख्य राजनीतिक दल...

सङ्घीयता लोकतन्त्रको गहना हो : शेखरकुमार सिंह

सङ्घीयता लोकतन्त्रको गहना हो : शेखरकुमार सिंह

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान...

सांसदले उठाएका मागलाई सरकारले सम्बोधन गर्नुपर्छ : तिमिल्सिना

सांसदले उठाएका मागलाई सरकारले सम्बोधन गर्नुपर्छ : तिमिल्सिना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेत्री गोमादेवी...

अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौँ : वरिष्ठ उपाध्यक्ष,नारायणकाजी श्रेष्ठ

अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौँ : वरिष्ठ उपाध्यक्ष,नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष...