back
CTIZAN AD

तरङ्ग ल्याउन सक्नु नै हाम्रो तागत हो

वि.सं.२०७४ मंसिर १४ बिहीवार

795 

shares

Nepal path of comrade

लामो समयदेखि क्रान्त्किारी आन्दोलनमा लाग्नु भएका नयन सिंह भण्डारी आज हाम्रो पार्टीमा प्रवेश गर्दै हुुनुहुन्छ, उहाँलाई क. अध्यक्षवाट टिका लगाउने कार्यक्रम छ…।’ कार्यक्रमको सुरुमै उद्घोषक कामरेडले भनिन् ।

‘कामरेड म आज आफ्नै घरमा फर्केको छु…’ हलका दर्शक तर्फ हेर्दै कामरेडले लालसलाम ठोके ।’
‘कामरेड म प्रदेश नं ७ को रिपोर्टिङ गर्न तपाईहरूको बीचमा आएको छु यो प्रदेशमा हामीले हिजोको हैसियत गुमाएका छौँ । तर, केही दिन यता तुलनात्मक सुधार हुँदैछ’ कामरेड राकेशले रिर्पोट राखे ।

‘हामीले हिजो सहायक आधार इलाका भनेका ठाउँहरू राम्रोसँग जोगाउन सकेनौँ, हामी मत परिणाममा दोश्रोमा परेका छौँ । तथापि आत्तिइहाल्नु पर्दैन कमरेडहरू’ प्रदेश नं ६ का कमरेड अपारले रिर्पाेटिङ गरे ।

‘हाम्रो प्रदेशको अपेक्षा अनुसार परिणाम आएको त होइन तर निकै तल पुगेको पनि होइन । निर्वाचनका विषय त आ– आफ्नो ठाउँमा होलान्, तर यतिबेला यो चुनावी तालमेल र पार्टी एकता संयोजन समितिको घोषणाले त तरङ्गै ल्याएको छ कमरेडहरू । तपाईहरू धेरैलाई यस्तै लागेको होला तर हामी क्रान्तिकारीहरू अस्वभाविकतालाई स्वभाविक बनाएर पचाउन सक्छौँ अहिले पनि त्यहि हो…’ प्रदेश नं ५ को रिपोर्टीङ गर्दै कमरेड अनन्तले भने ।

‘यो प्रदेश सबै हिसाबले कमजोर देखिएको छ कमरेडहरू, हामी दुश्मन झैँ खेल्न र चलाख हुन जानेनौँ । हामी कतै अल्झियौँ वा धर्मरियौँ । घटनाक्रमले यहि भन्छ कामरेडहरू… एउटाले सहमति मानेन्, अर्को शक्तिले हामीलाई पुछेन् । नेतृत्व हुनुको नाताले सो प्रदेशका तर्फबाट म आत्मालोचित छु, कमरेडहरू । तर, मैले यहाँ केही उठेका कुरा राख्नै पर्दछ । अप्रत्यासित रुपमा आएको तालमेल र एकताको प्रस्ताव उपर व्यवहारदेखि सैद्धान्तिक र बैचारिक प्रश्न आएका छन् । विधि र प्रक्रियाका प्रश्न पनि उठेका छन् । यी प्रश्न हामीले समाधान गर्नै पर्दछ…’ प्रदेश नं ४ को रिपोटिङ गर्दै क. कान्छा बहादुरले कुरो राखे ।

‘हामी–हामी बीचको आफ्नै एकता प्रक्रिया पुरा नगर्दै स्थानीय चुनावमा गइहाल्यौँ । परिणाम प्रत्याशित आएन । तर, धेरै ठाउँमा प्रमुख प्रतिद्धन्द्धीका रुपमा पुग्यौँ । मतलाई आधार मान्दा धेरै तल गइहाल्यौँ भन्ने लागेको छैन् । भद्रगोल संगठनका बीच यहाँ भन्दा बढी के नै हुन सक्थ्यो र ? जहाँसम्म पछिल्लो प्रस्तावको कुरो छ, समाजवादको आधार निर्माण तथा क्रान्तिको नयाँ सिद्धान्त विकासका लागि यो आवश्यक छ र अपरिहार्य बन्यो भन्ने नै मुल ठम्याइ छ… ?’ प्रदेश नं ३ का इन्चार्ज क. सुमनको संक्षिप्त रिपोर्टिङ थियो ।

‘हामी मधेशमा जत्ति परिणाम ल्याउनुपथ्र्यो सकेनौँ, १३ वटा नगरपालिका र ८ वटा गाउँपालिका जिते पनि म सन्तुष्ट छैन । पार्टीभित्रै पार्टी हुने र एकले अर्कोलाई हराउने रोग बलियो थियो । कतिपय कुरा माथि–माथि गासिने गरेका छन् । तालमेल र एकताको कुरा गर्दा हामी सबैले भूईंचालो आएजस्तो ठानेको हो । क. विश्वासमाथि विश्वास हुँदाहुँदै पनि घरीघरी उहाँ लम्पसार पर्ने र समपर्णमा जाने हो की भन्ने चिन्ता हुने गर्छ मलाई । अहिले पनि अर्कैको टिकेशमा जानुपर्ने हो की भन्दा भन्दै ठिक ठाउँमा ल्यायौँ भन्ने लागेको छ । पछाडीको सेनालाई नहेरी हिड्दा कमाण्डर मारिन सक्छ भन्ने कुरो हाम्रो बडेदाजुले बुझ्न पर्छ… ।’ क. रामसिहंले प्रदेश नं २ को रिर्पाेटिङ राखे ।

‘हाम्रो प्रदेश नं १ मा ९ वटा मात्र पालिका जित्यौँ । तर, अहिले धेरै सकारात्मक भएको छ स्थिति । विचार र दर्शन अनि सिद्धान्तलाई तिलान्जली दिएर एकता गर्नुको अर्थ छैन भन्ने धेरै कमरेडहरूको सुझाव छ । ‘माओवाद र पहिचानको मुद्धा’ अगाडि सारेर क. इन्चार्ज साइलाले मत सार्वजनिक गरिसक्नु भएको छ । एकता हुँदा धेरै कमरेडले मान्नु होला, विलय चाँहि हुँदैन भन्नुभएको छ, कामरेडहरूले…!’ प्रदेश नं १ को रिपोर्टिङ गर्दै संयोजक क. समरले कुरो राखे ।
‘हामी यतिबेला दुई मोर्चामा भएजस्तो देखिएका छौँ । यो हाम्रो विशेषता नै हो । तरङ्ग ल्याउन सक्नु नै हाम्रो तागत हो । यतिबेला हामीले नयाँ प्रकारको तरङ्ग फ्याकेका छौँ । राजनैतिक परिस्थिति अनुकुल बनाइरहने हाम्रो प्रयास अनुरुप नै त्यो सबै भएको हो…’ सरकारको मोर्चामा नेतृत्व गर्ने कमरेड अमरसिंहले कुरो राखे ।

‘हामी आफैले महाभूकम्प निम्त्याएका हौं । नयाँ निर्माणका लागि हो यो । यहाँ असाधारण चुनौती र असाधारण अवसर आएको छ र सँगसँगै असाधारण खतरा पनि मोलिएको छ । उसको हामी करण होइन् र हाम्रो ‘उ’ करण पनि होइन । निल्ने होइन रुपान्तरण गर्ने हो । विघटनको खराबीबाट नयाँ बनाउने हो…’ क. बादलले प्रशिक्षण दिए ।

‘भूकम्प आफैँमा प्राकृतिक भए जस्तै यो घटना पनि अस्वभाविक होइन । रातमा आएजस्तो भएकाले अलिक बढी डर भएको र छामछुम गर्नुपरेको जस्तो भयो । समाजवादी क्रान्तिको आधार तय गर्नका लागि एकिकृत पार्टी निर्माणको प्रयास मात्र हो । कसैले कसैलाई सिध्याउन होइन, सबैले सबैलाई बनाउन नै हो…’ क. प्रकाशले प्रस्ट पार्न खोजे ।

‘यो प्रक्रिया अचम्मसँग भएजस्तो मान्नुभएको छ..’ कुनै आश्चर्य मान्नु पर्दैन । हामीले गर्न बाँकी रहेको पुराना काम एक्लै नसक्ने भयौँ त्यसैले आवश्यकताको कसीमा यस्तो निर्णय हुन पुगेको हो । विधि, विधान र प्रक्रिया पक्कै नपुगेको हो तर सहि कामका लागि साना मसिना कुरा नकोट्याउँ भो अब । हामी कमजोर भएर होइन आत्माबल र मनोबल बढेको बेला नै यो महत्वपूर्ण निर्णय भएको हो । समाजवादको मुल मिशनमा सहमति भएर बहस बढाउँदै अघि बढ्न संयोजन समिति गठन भएको हो । कसैको कसैमा विलय पनि होइन र सोच्न पनि हुँदैन बरु नयाँ आधारमा नयाँ एकताको हाम्रो नियमित यात्राको नयाँ फड्को मात्र हो । यो समाजवाद तर्फको यात्रा नै भनेर बुझ्नुस्…’ कामरेड निर्माणले विश्वास दिलाउन खोजे ।

‘बुढाहरू कति…भएछन्..गाँठे ! …समाजवादकै लागि एकता गरेको रे ! त्यसै हो भने त खोइ…।’ प्रशिक्षण हलको एउटा कुनामा दुई–तीन जनाको खासखुस चलेकै बेला गडगडाहट ताली बज्यो…’ पोलिटब्यूरोको बैठक समापन भयो । एकताको प्रस्ताव अनुमोदन भयो ।

वि.सं.२०७४ मंसिर १४ बिहीवार ०३:५९ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...