२२ मंसिर, काठमाडौं । रुकुम पुर्वको क्षेत्र नं १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तेज बहादुर वली र पूर्ण बहादुर घर्ति विजयी भएका छन् ।
प्रदेश नं ‘क’ मा ओलीले ५ हजार ४ सय मत र ‘ख’ का पूर्ण बहादुर घर्तिले ५ हजार ८१६ ल्याएर विजयी भएका छन् ।
पूर्वि रुकुमको क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा दुवैको मत परिणाम आइसकेको छ । प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भइसकेकी छन् । उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचिन हुने पहिलो महिला हुन् ।
त्यसैगरी पश्चिमी रुकुममा प्रतिनिधिसभा सदस्यमा जर्नादन शर्माले अग्रस्थान हासिल गरिरहेका छन् ।
वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०४:२० मा प्रकाशित