
२६ मंसिर, सर्लाही । सर्लाही क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
सिंहले २९ हजार ६ सय ७५ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रलाई १५ सय ३९ मत अन्तरले हराए । मिश्रले २८ हजार १ सय ३६ मत ल्याएका थिए ।
वि.सं.२०७४ मंसिर २६ मंगलवार ११:५५ मा प्रकाशित