back
CTIZAN AD

म्याग्दीकी पुन धौलागिरिमा निर्वाचित एक्ली महिला सांसद

वि.सं.२०७४ मंसिर २७ बुधवार

714 

shares

 pun२७ मंसिर, बाबियाचौर, म्याग्दी । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बन्नुभएको छ ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा विजयी हुनुभएकी एमालेकी नेता पुन धौलागिरि क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ निर्वाचित एक्ली सांसद बन्नुभएको हो ।

दस हजार ८६८ मत प्राप्त गरेर विजयी हुनुभएकी पुनले नेपाली काँग्रेसका अमलाल फगामीलाई दुई हजार ८७८ मतान्तरले पराजित गर्नुभएको हो । धौलागिरि, मालिका र मंगला गाउँपालिका समेटिएको ३२ हजार ५४५ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (ख) मा १९ हजार ७७४ मत खसेकामा काँग्रेसका उम्मेदवार फगामीले सात हजार ९९० मत प्राप्त गर्नुभयो ।

प्रदेश नं ४ मा पर्ने धौलागिरिमा प्रत्यक्षतर्फ पुनसहित दुईजना मात्र महिला उम्मेदवार बन्नुभएको थियो । बागलुङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएकी सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का एमालेका सूर्य पाठकसँग पराजित हुनुभयो ।

दोस्रो संविधानसभामा एमालेका तर्फबाट समानुपातिक सांसद बन्नुभएकी ४७ वर्षीय पुन नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपक्षी विकास राज्यमन्त्री बन्नुभएको थियो । अर्थशास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गर्नुभएकी पुन म्याग्दीकोे शिक्षित र अगुवा महिला मानिनुहुन्छ ।

उहाँ विसं २०५६ को संसदीय चुनावमा काँग्रेसका नारायणसिं पुन र २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका गोविन्द पौडेलसँग पराजित हुनुभएको थियो । एमालेका पूर्वजिल्ला उपसचिव रहनुभएकी पुन हाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।

वि.सं.२०७४ मंसिर २७ बुधवार ०७:५९ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...