
२७ मंसिर, एजेन्सी । स्पेनिश क्लब रियल म्याड्रिडले आज राति क्लब विश्व कपको सेमिफाईनल अन्तर्गत युएईको क्लब अल जजिराको सामना गर्दै छ । ३ पटकको विजेता रियलले यो पटक उपाधि जितेको खण्डमा स्पेनिश प्रतिद्वन्द्धी क्लबको किर्तिमानीसँग बराबरी गर्ने छ । न्युजिल्यान्डको क्लब अकल्यान्ड सिटीलाई पराजित गर्दै अल जजिराले सेमिफाईनलको यात्रा तय गरेको हो भने रियल गत संस्करणको च्याम्पियन्स लिगको विजेताको रुपमा स्वतः सेमिफाईनल प्रवेश गरेको हो ।
खेल आज राति नेपाली समयअनुसार राति पौने ११ मा हुने छ । रियलका लागि राफेल भारान तथा ग्यारेथ बेल चोटका कारण उपलब्ध हुने छैनन् । रियलका फरवार्ड रोनाल्डोले क्लब विश्वकपको ईतिहासमा अहिले सम्म ५ गोल गरेका छन् जुन वार्सिलोनाका स्ट्राईकरद्वय मेस्सी तथा सुआरेजको रेकर्ड सँग बरबरी हो आजको खेलमा रोनाल्डोले गोल गरेको खण्डमा रोनाल्डोले सर्वाधिक गोलकर्ता बन्ने छन् ।
वि.सं.२०७४ मंसिर २७ बुधवार १०:१५ मा प्रकाशित