back
CTIZAN AD

कैलालीमा सबै महिला उम्मेदवार पराजित

वि.सं.२०७४ मंसिर २८ बिहीवार

816 

shares

२८ मंसिर, धनगढी । देशभरीमा सम्भवतः सबैभन्दा बढी महिला निर्वाचनमा प्रतिष्पर्धी रहेको कैलालीमा कुनैपनि महिला उम्मेदवार विजयी हुन सकेनन् ।

प्रतितिधिसभामा छ र प्रदेशसभामा छ जना गरी कैलालीका विभिन्न निर्वाचन क्षेत्रबाट १२ जना महिला उम्मेदवार प्रतिष्पर्धामा रहेपनि कसैले जीत हासिल गर्न सकेन ।

चर्चामा रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले चार हजार ८०० भन्दा बढी मतले आदिवासी रानाथारु समुदायका नेकपा एमालेका नेता नारदमुनि रानासँग पराजित हुनुप¥यो ।

वाम गठबन्धन र नेपाली काँग्रेस दुबैले प्रतिनिधिसभा सदस्यमा महिला उम्मेदवार उठाएको कैलाली क्षेत्र नं १ मा दुवै उम्मेदवारलाई टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीले पराजित गरे ।

दुई वर्षअघि भएको टीकापुर घटनाका आरोपित रेशमलालको जीतलाई अप्रत्यासित मानिएको छ ।

निर्वाचन क्षेत्र १ मा विजयी चौधरीले ३४ हजार ३४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मदनकुमारी शाहले १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गर्नुभयो ।

यसैगरी, विघटित लोकतान्त्रिक फोरम नेपालकी उपाध्यक्ष एवं शैक्षिक क्षेत्रमा चर्चामा रहनुभएकी गीता राणा क्षेत्रीले कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा स्वतन्त्र प्रतिष्पर्धा गर्दा जमानत सम्म जोगाउन सक्नुभएन ।

प्रतिनिधिसभामा यी बाहेक क्षेत्र नं ३ मा राजपा नेपालकी मीना चौधरी र क्षेत्र नं ५ बाट नेमकिपाकी उम्मेदवार नन्दाकुमारी दर्लामी मगरले नगण्य मत मात्रै पाउनुभयो ।

प्रतिनिधिसभामा मात्र होइन प्रदेशसभामा पनि कुनै पनि महिलाले निर्वाचन जित्न सक्नुभएन ।

क्षेत्र नं ३ को प्रदेश (ख) मा राजपा नेपालकी सीता थारु, क्षेत्र नं २ (क) मा नेमकिपाकी लक्ष्मी पुनमगर, (ख) मा संघीय समाजवादी फोरम नेपालकी टीका देवी पुनमगर, निर्वाचन क्षेत्र नं ४ को प्रदेश (ख) मा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट भगवती सिंह र प्रदेश (क)बाट जनसमाजवादी पार्टीकी उम्मेदवार टीकादेवी चौधरी पनि पराजित हुनुभयो ।

क्षेत्र नं १ बाट काँग्रेस उम्मेदवार ईश्वरी न्यौपाने, क्षेत्र नं १ बाट वाम गठवन्धनकी उम्मेदवार गरिमा शाहबाहेक अरु महिला उम्मेदवारले जमानत समेत जोगाउन सक्नुभएन ।

यसैगरी, प्रदेशसभामा उम्मेदवार बन्नुभएका छजना महिला नेत्रीमध्ये क्षेत्र नं ५ (क)बाट कांग्रेसकी उम्मेदवार जीवन रानाबाहेक अरु कसैले जमानत जोगाउन सक्नुभएन ।

वि.सं.२०७४ मंसिर २८ बिहीवार ०१:५८ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...