back
CTIZAN AD

डिसीमा पप सम्राट विष्टको सहयोगार्थ साँस्कृतिक हुँदै

वि.सं.२०७४ मंसिर २८ बिहीवार

666 

shares

om  पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको र उपचारमा निकै खर्च लाग्ने भएकोले डीसी महानगर क्षेत्रका नेपाली समुदायले आफ्ना प्रिय कलाकारको लागि खर्च जुटाउन ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रम गर्न एक जुट भएका छन् ।

कलाकार बिष्टको प्रत्यारोपण गर्न आवश्यक भएको छ भने कलाकार विष्ट हप्तामा तीनपटक डाइलोसिस गरिरहेका छन् । गत डिसेम्बर ११ तारिख आईतबार साँझ भर्जिनियाको स्यानटीलीमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को पहलमा आयोजना गरिएको कार्यक्रममा डीसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेलाले आगामी जनवरी २० तारिख कार्यक्रम गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले कार्यक्रममा सबैले मिलेर कलाकार बिष्टलाई सहयोग गर्नु पर्ने भएकोले सबैलाई एकजुट हुन आग्रह गरेका छन् । उनले कार्यक्रममा टिकट दर २५ डलर राख्ने योजना रहेको छ भन्दै विशेष(भिआईपी) ५० र १ सय डलर दरका टिकट पनि राखिने जानकारी गराए । यसको साथै कार्यक्रमको लागि अमेरिकामा रहेका नजदिकका राज्यहरुबाट समेत कलाकारहरु आएर निशुल्क प्रस्तुति गर्ने समेत बताए ।

उनले अगाडी भने कलाकारलाई जीवित अवस्थामा सहयोग र सम्मान गर्नु पर्छ भन्दै इनास ७० वटा देशमा छरिएर रहेकोले संसारभर वरिष्ठ कलाकार पप सम्राटलाई सहयोग गर्न सकिने बताए ।

om-b-bista1

इनास अमेरिकाका सल्लाहकार हरि शर्माले कलाकार राष्ट्रका गहना हुन् यो हाम्रो सबैको दायित्व भएकोले कसरि यसलाई सफल बनाउन सकिन्छ त्यसैले समाजका अगुवाहरुको राय परामर्श लिन बोलाएको बताए । सबैभन्दा ज्यादा खर्च कार्यक्रमस्थलको लागि पर्ने भएकोले त्यो पनि निशुल्क गराउने प्रयास रहेको शर्माले जानकारी गराए ।

कार्यकममा स्वयम कलाकार पप सम्राटले न्युयोर्कबाट समेत प्रत्यक्ष रुपमा ज्यादा बोल्न नसकेता पनि ईनेप्लिजको सामाजिक संजाल फेस बुक (मुहार पुस्तिका) को प्रत्यक्ष प्रसारणबाट बोलेका थिए । कलाकार बिष्टले सबैबाट सहयोग आई रहेको बताउदै इनासले गर्न लागेको कार्यक्रमलाई शुभकामना दिएका छन । उनले अगाडी भने अमेरिकामा प्रत्यारोपण गर्न कैयौ बर्ष पर्खनु पर्ने भएकोले भारत जाने तयारीमा रहेको जानकारी समेत गराए ।

कलाकार बिष्टको लागि गो फन्ड लगायत व्यक्तिगत रुपमा तथा संघरसंस्थाले पनि आर्थिक सहयोग जुटाई रहेका छन् । कार्यक्रममा सहभागीले सुझाव र सल्लाह दिनुको साथै केहि जिज्ञाशा समेत राखेका थिए । आगामी जनवरी २० तारिखमा हुने कार्यक्रमलाई अपार सफलता बनाउन एकजुट हुनु पर्ने र सबैले लाग्नु पर्ने कुरामा डीसीका नेपाली समुदायले सहमति जनाएका छन् ।

यसको साथै रचनात्मक कुराहरुको साथै इनासले पनि आर्थिक कोष वृद्धि गर्न गो फन्ड खोल्न सक्नेको साथै टिकट किन्नेले पनि थप सहयोग गर्न चाहेमा गर्न सक्ने कुरामा छलफल समेत गरिएको थियो ।

वि.सं.२०७४ मंसिर २८ बिहीवार ०३:२६ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...