back
CTIZAN AD

हिमालयन हाइड्रो एक्स्पो–२०१८ को तयारी तीब्र

वि.सं.२०७४ मंसिर २८ बिहीवार

627 

shares

Expo Logoकाठमाडौंको भृकुटीमण्डपमा हुने हाइड्रो एक्स्पोको तयारी तीब्र पारिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पोको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जनाएको छ ।

आगामी पुस २१ गतेदेखि २३ गते सम्म चल्ने यो मेलालाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ ।

एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य विषयमा तीनवटा सेमिनारको आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गर्दै हाइड्रो पावर क्षेत्रमा अभिरुची भएकाहरुलाई आकर्षित एवम् प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । हाइड्रो पावर सम्बन्धी उत्पादन र सर्भिसको बिकाससम्बन्धी प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी प्रथम हुनेलाई ५० हजार रुपैयाँभन्दा बढी तथा द्वितीय र तृतीयलगायत अन्य सान्त्वना पुरस्कार प्रदान गरिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका हाइड्रो पावरका कम्पीका प्रतिनिधिहरु एक्स्पोमा सहभागी हुँदै छन् । विशेष गरी VOITH, CRYSTAL, FLOVEL, VAPTECH, MAVEL , BFL जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि यो एक्स्पोमा सहभधागी हुने निश्चित भएको आयोजकले जनाएको छ ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरुको सहभागिता रहने भएकाले सबैले आफ्नो बजार बिस्तारका साथै अनुभव आदान प्रदान गर्ने मुख्य केन्द्र बन्ने विश्वास स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंको छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक लगायतका देशका कम्पनीहरुको सहभागिता रहने इपानका अध्यक्ष गुरागाईले जानकारी दिए ।
नेपाल सरकारको ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्षलाई यो मेलाले सहयोग गर्ने विश्वास आयोजकको छ ।

वि.सं.२०७४ मंसिर २८ बिहीवार ०३:५७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...