back

म्याग्दीकी पुन धौलागिरिमा निर्वाचित एक्ली महिला सांसद

वि.सं.२०७४ मंसिर २७ बुधवार

429 

shares
IME Limited
NTC AD

 pun२७ मंसिर, बाबियाचौर, म्याग्दी । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बन्नुभएको छ ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा विजयी हुनुभएकी एमालेकी नेता पुन धौलागिरि क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ निर्वाचित एक्ली सांसद बन्नुभएको हो ।

दस हजार ८६८ मत प्राप्त गरेर विजयी हुनुभएकी पुनले नेपाली काँग्रेसका अमलाल फगामीलाई दुई हजार ८७८ मतान्तरले पराजित गर्नुभएको हो । धौलागिरि, मालिका र मंगला गाउँपालिका समेटिएको ३२ हजार ५४५ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (ख) मा १९ हजार ७७४ मत खसेकामा काँग्रेसका उम्मेदवार फगामीले सात हजार ९९० मत प्राप्त गर्नुभयो ।

प्रदेश नं ४ मा पर्ने धौलागिरिमा प्रत्यक्षतर्फ पुनसहित दुईजना मात्र महिला उम्मेदवार बन्नुभएको थियो । बागलुङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएकी सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का एमालेका सूर्य पाठकसँग पराजित हुनुभयो ।

दोस्रो संविधानसभामा एमालेका तर्फबाट समानुपातिक सांसद बन्नुभएकी ४७ वर्षीय पुन नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपक्षी विकास राज्यमन्त्री बन्नुभएको थियो । अर्थशास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गर्नुभएकी पुन म्याग्दीकोे शिक्षित र अगुवा महिला मानिनुहुन्छ ।

उहाँ विसं २०५६ को संसदीय चुनावमा काँग्रेसका नारायणसिं पुन र २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका गोविन्द पौडेलसँग पराजित हुनुभएको थियो । एमालेका पूर्वजिल्ला उपसचिव रहनुभएकी पुन हाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।

वि.सं.२०७४ मंसिर २७ बुधवार ०७:५९ मा प्रकाशित

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

  काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौं–तराई/मधेस...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...