back
CTIZAN AD

साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

वि.सं.२०७४ मंसिर २९ शुक्रवार

651 

shares

२९ मंसिर, काठमाडौँ । साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले साञ्जेनलाई साधारण सेयर निष्काशनको अनुमति दिएको हो ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको यो कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीका कर्मचारी, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, साविक जिल्ला विकास समिति रसुवा र साविक चिलिमे गाविसका कर्मचारीका लागि प्रदान गरिने साधारण सेयर बिक्रीको अनुमति दिइएको हो ।

बोर्डबाट स्वीकृति पाएको ६० दिनभित्र पहिलो चरणमा कोषका कर्मचारी र सञ्चयकर्ता लगायतलाई साधारण सेयर बिक्री गरिनेछ । सञ्चय कोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, त्यहाँ कार्यरत कर्मचारीका लागि एक प्रतिशत र कम्पनीमा कार्यरत कर्मचारीका लागि तीन दशमलव पाँच प्रतिशत सेयर बिक्री गरिनेछ ।

सञ्चयकर्ता लगायतलाई साधारण सेयर बिक्री गरेपछि स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत सेयर निष्काशन गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले रसुवामा निर्माणाधीन ५७ दशमलव ३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोमध्ये माथिल्लो साञ्जेन निर्माणको कार्य अन्तिम चरणमा पुगेको कम्पनीका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर २९ शुक्रवार ०२:५१ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...