१ पुस, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती योजना सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई मध्येनजर गरेर सेवा सुविधा बढाउने क्रममा नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात रु १ लाख रहेको छ भने ८ महिनादेखि १८ महिनासम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
यस मुद्दतिमा बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने जानकारी समेत दिएको छ ।
१४ अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुनेछ । आगामी दिनहरुमा पनि बैंकले अन्य सुबिधाहरु आफ्ना ग्राहकहरुलार्ईलाई उपलब्ध गराउँदै जाने बैंकले पं्रतिबद्धता व्याक्त गरेको छ ।
वि.सं.२०७४ पुस १ शनिवार ०६:५४ मा प्रकाशित