back
CTIZAN AD

सुन्तला जोन कार्यक्रम शुरु

वि.सं.२०७४ पुस १ शनिवार

969 

shares

suntala

१ पुस, नवलपरासी : नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुन्तला जोन कार्यक्रम’ शुरु भएको छ ।

कृर्षि मन्त्रायद्वारा यस वर्षबाट नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला खेतीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु भएको हो ।

कार्यक्रमअन्तर्गत सुन्तलाको खेती गर्ने किसानलाई बीउबिजन अनुदान र मेसिनरी औजार अनुदानलगायतका सेवा उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले जानकारी दिनुभयो ।

यसैबीच नवलपरासीका पहाडी भेगका सुन्तला खेती गर्ने कृषकले यस वर्ष सुन्तलाखेतीबाट मनग्य आम्दानी गरेका छन् । प्रति बोटबाट सरदर रु एक हजारंका दरले सुन्तला बिक्री गरेको यहाँका कृषकले बताएका छन् ।

नवलपरासीको पूर्वपहाडी भेगअन्तर्गत साविक १७ गाविसमा सुन्तला खेती गरिन्छ । जसमध्ये सुन्तला खेतीका लागि बुङदीकाली र बुलिङटार क्षेत्रलाई पकेट क्षेत्रका रुपमा मानिन्छ । यसबाहेक जौबारी, रुचाङ धुर्कोट र विजयी त्रिवेणीलगायतका क्षेत्रमा पनि सुन्तला खेती राम्रो हुने गर्दछ । अहिले नवलपरासीको पहाडका हरेक गाउँमा कृषि सडक पुगेपछि कृषकलाई आफूले उत्पादन गरेको सुन्तला बजारसम्म ल्याउन नपर्ने र व्यापारी गाउँगाउँमा आएर सुन्तला किन्ने गरेको किसानको भनाइ छ ।

सुन्ताला बिक्री गरेवापत प्रतिकेजी करिब रु ६० देखि ७० सम्म किसानले पाउने गरेका छन् । नेपालमा प्रशस्त सुन्तला उत्पादन नहुने र मागअनुसारको उत्पादन नभएर भारतबाट समेत ल्याएर माग पूरा गर्नुपर्ने हुँदा सुन्तला बिक्रीका लागि त्यति गाह्रो नभएको किसानको भनाइ छ ।

नवलपरासीको पहाडी क्षेत्रमा उत्पादित सुन्तला नवलपरासीसहित बुटवल, पोखरालगायतका स्थानमा राम्रो बजार पाएको पाइन्छ । नवलपरासीको पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब एक हजार घरपरिवार सुन्तला खेतीमा आश्रित छन् । नवलपरासीमा यस वर्ष १२० हेक्टर क्षेत्रफलमा ३५४ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

वि.सं.२०७४ पुस १ शनिवार १२:४६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...