back
CTIZAN AD

दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या

वि.सं.२०७४ पुस ७ शुक्रवार

807 

shares

jajarkot

७ पुस , जाजरकोट ।  विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् । त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गरेका छन् ।

नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो । जिल्लाभर झण्डै आठ सय दरबन्दी अपुग रहेको उहाँले बताउनुभयो । दरबन्दी अभाव भएका ठाउँमा विद्यालयले आफ्नो आन्तरिक स्रोतबाटै शिक्षक नियुक्त गर्ने गरेका छन् तर समयमै तलब खुवाउन भने समस्या छ ।

छेडागाड नगरपालिका–११ झाप्रास्थित जनता आधारभूत विद्यालयका शिक्षक चन्द्रबहादुर थापाले १५ महिनादेखि तलबभत्ता पाउनुभएको छैैन । उहाँ पनि विद्यालयले आन्तरिक स्रोतबाट तलब व्यहोर्ने गरी नियुक्त हुनुभएको हो । अर्का निजी स्रोतका शिक्षक भीमराज कार्कीले पनि १५ महिनादेखिको तलब नपाएको गुनासो गर्नुभयो । निजी स्रोतबाट राखिएका यी शिक्षकले पढाउन थालेको ५ देखि १० वर्ष भइसकेको छ ।

यस विद्यालयमा ६ जना शिक्षक विद्यालयको आन्तरिक स्रोतबाट राखिएको छ । तीनजनाले मासिक रु ११ हजार र तीनजनाले मासिक रु १० हजार तलबभत्ता पाउने गरी नियुक्त गरिएको छ । नियमित आम्दानी नहुँदा शिक्षकलाई तलब खुवाउन समस्या परेको विद्यालयले जनाएको छ । “सरकारबाट तलब खाने शिक्षकलाई चार महिनामा चौमासिक तलब आउँछ भने हामीलाई आठ महिनाको, कहिलेकाहीँ चौमासिक तलब पनि आउने गरेको छ,” त्रिवेणी नलगाड नगरपालिका–८ को पञ्चभयार माध्यमिक विद्यालयमा गणितका शिक्षक रवीन्द्र खत्रीले भन्नुभयो ।

यस विद्यालयमा निजी स्रोतबाटै नियुक्त हुनुभएकी शिक्षिका मीना बिसीले पनि सात महिनाको तलब नपाएको गुनासो गर्नुभयो । सामुदायिक विद्यालय भएकाले शुल्क लिन पनि पाइँदैन । “आम्दानीको कुनै माध्यम नहुँदा खर्च टार्न तथा शिक्षकलाई तलब खुवाउन समस्या छ,” पञ्चभयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले भन्नुभयो । सरकारले दरबन्दी नदिए पनि पिसिएफ रकम दिँदा विद्यालयलाई केही राहत भएको थियो तर गत वर्षदेखि सरकारले पिसिएफ रकम दिन पनि बन्द ग¥यो । त्यसपछि शिक्षकलाई तलब खुवाउन समस्या परेको प्रअ हुमप्रकाश बताउनुभयो ।
–––

वि.सं.२०७४ पुस ७ शुक्रवार ११:४३ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...