back
CTIZAN AD

अमेरिकामा नेपाली चेली बिष्णुमायासहित ८ व्यक्तित्वहरु सम्मानित

वि.सं.२०७४ पुस ८ शनिवार

765 

shares

sammanन्यूजर्सी । अमेरिका–साउथ एशियन कम्युनिटी आउटरिच पुरस्कारद्वारा एड्वान संस्थाकी संस्थापक नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारसहित ८ जना दक्षिण एशियाली र अमेरिकन व्यक्तित्वहरु सम्मानित गरिएको छ ।

साउथ एशियन कम्युनिटी आउटरिच (साको) द्वारा डिसेम्बर २१ तारिख अमेरिकाको न्यू जर्सी राज्यको ईडिसन शहरमा आयोजित वार्शिक ईण्टरफेथ होलिडे उत्सवमा ‘कम्यूनिटी सर्भिस’ (सामाजिक सेवा) पुरस्कारद्वारा सामाजिक अभियन्ता डा. परियार सम्मानित भएकी हुन ।

अन्य ७ जना दक्षिण एशियाली र अमेरिकन व्यक्तित्वहरुमा सिटिजन अफ दि ईयर पुरस्कारबाट टिभी एशियाका संस्थापक एवं भारत सरकारबाट पद्मश्री पदकद्वारा सम्मानित एच आर शाहस, सर्भिस ईम्पाक्ट पुरस्कारबाट ग्लोबल हरायना च्याम्बर अफ कमर्सका अध्यक्ष बलिन्दर सिं कुन्दुस, कम्यूनिटी आउटरिच पुरस्कारबाट नासाउ काउन्टी न्यू योर्क माईनोरिटी अफेयर्स कन्ट्रोलर दिलिप चौहान, साउथ एशियन कम्यूनिटी भ्वाईस पुरस्कारबाट वरिष्ठ रेडियो संचारकर्मी कुलराज भूषण आनन्द, सिभिक अवेयरनेस पुरस्कारबाट डा. मोहम्मद जुबेरस, सोसल जस्टिस अवार्डबाट जिम्मी स्माईल र कम्यूनिटी लिडरशिप पुरस्कारबाट क्लारिसा रोमेरो सम्मानित भएका हुन ।

उक्त समारोहमा सम्मानित व्यक्तित्वहरुलाई न्यू जर्सी राज्यकी सिनेटर लिन्दा ग्रीन्स्टिन, ईडिसन शहर मेयर टोम लाङ्के, नेपाली महाणिज्यदूत मधु मरासिनी, साको संस्थापक साम खान लगायत विशिष्ठ अतिथिहरुबाट कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

समारोहमा बिबिध धर्म र संम्प्रदायका धर्मगुरुहरुद्वारा सामूहिक प्रार्थना गरिएको थियो भने दक्षिण एशियाली ६ मुलुकहरु नेपाल, ईण्डिया, पाकिस्तान, श्रीलङ्का, बंग्लादेश, माल्दिभस र भुटानको झण्डासहित शान्ती स्काउट मार्च गरिएको थियो ।

वि.सं.२०७४ पुस ८ शनिवार ०४:४९ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...